रिहार र बाह्रकुने मेलाको सुरक्षार्थ साढे दुई सय प्रहरी परिचालन

सदरलाइन संवाददाता ३० पुष २०७९, शनिबार १३:४१
 

दाङ : दाङको रिहार र बाह्रकुने दहमा लाग्ने मेलाको लागि सयौं प्रहरी परिचालन गरिने भएको छ ।

जिल्ला प्रहरी प्रबक्ता राजन गौतमका अनुसार माघीको अबरमा ती ठाउँमा लाग्ने मेलामा सुरक्षा प्रबन्ध मिलाउनका लागि बाँकेबाटपनि सहयोग मागिएको छ ।

लमहीको रिहार र घोराहीको बाह्रकुनेमा लाग्ने मेलाको सुरक्षाका लागि बाँकेस्थित खजुराको गणबाट ५० जनाको टोली बोलाइएको प्रबक्ता गौतमले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट दुई सय र बाँकेबाट समेत बोलाइएका ५० गरि साढे दुई सय जना प्रहरी सुरक्षाको लागि खटिने भएका छन् ।


यसअघिका दुई बर्ष कोरोना कहरका कारण मेला लाग्ने नसकेपनि यो बर्ष ठूलो मेला लाग्ने अनुमानका साथ प्रहरी परिचालन गर्न थालिएको हो ।

यी दुबै ठाउँमा मागीको अवसरमा परापूर्वक कालदेखि मेला लाग्दै आएको छ । रिहारमा नेपालसहित छिमेकी देश भारतवाट ठूलो संख्यामा भक्तालु आउने गर्छन । त्यहाँको कुण्डमा स्नान गरे पुन्य प्राप्त हुने, पाप नास हुने, मागेको मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
त्यस्तै बाह्रकुने दहमा स्नान गरि वर मागेमा सञ्तान हुने विश्वास रही आएको छ । बाह्रकुने दहमा भेडा,कुखुरा बली दिन प्रचलन छ । परेवा उडाउने पनि गरिन्छ । रिहारमा भने सबै खाले पशुबली दिने गरिन्छ ।

रिहारस्थित कुण्डमा स्नाका लागि केही दिन पहिलेदेखि नै भारतीय नागरिक आएर आगोको धुनी बालेर सोही ठाउँमा बास बस्ने गर्छन । रिहारमा एउटा ढुँगा उठाउने प्रतिष्पर्धापनि चल्ने गर्छ ।

जस्ले ढुँगा सहजै उठाउन सक्छ उस्ले जीवनमा प्रगती थप उन्नती प्रगती गर्छ भन्ने विश्वास रहेको छ । तर, गत बर्ष कसैले रिहारमा बर्षौं पहिले देखि रहँदै आएको ढुँगा चोरेर लगेको थियो । बाह्रकुने मन्दिरमा मगर सुमदायका ब्यक्त पूजारी हुने गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारले ‘माघ महोत्सव’ मनाउने

३० पुष २०७९, शनिबार १३:४१
दाङ : लुम्बिनी प्रदेश सरकारले माघ महोत्सव मनाउने भएको छ । आगामी माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी माघ महोत्सव मनाउन लागिएको हो । माघ २ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदासमेत दिएको छ । माघे संक्रान्ति (माघ पर्व)का अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रम, […]

सम्बन्धित