लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता २१ जेष्ठ २०७९, शनिबार १७:३८
 

नेपालगञ्ज : लागुऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–४ का ३३ वर्षीय रामचरण थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

थारुलाई बाँके जिल्ला अदालतले २०७८ भदौ २२ गते एक वर्ष १० महिना १६ दिन कैदको फैसला गरेको थियो । उनीलाई घरमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसला लगत्तै थारु फरार भएका थिए ।


पक्राउ परेका थारुलाई आवश्यक कारबाही लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खैरो हेरोइनसहित दाङमा २ जना पक्राउ

२१ जेष्ठ २०७९, शनिबार १७:३८
दाङ : खैरो हेरोइनसहित दाङमा २ जना पक्राउ परेका छन् । पक्राऊ पर्नेमा रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगर रहेका छन् । उनीहरूलाई प्रहरीले शुक्रवार राती घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दैगर्दा पक्राउ गरेको जनाएको […]