वीपी स्मृति दिवसमा काँग्रेस बाँकेद्वारा वीपीको शालिकमा माल्यार्पण

सदरलाइन संवाददाता ६ श्रावण २०८०, शनिबार १४:१८
 

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । नेपालगञ्ज वीपीचोकस्थित वीपीको शालिकमा शनिवार विहान माल्यार्पण गरिएको हो ।

माल्यार्पण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडलेले वीपी विचार र मार्गदर्शनलाई कांग्रेसले आफ्नो पार्टी जीवनमा अबलम्बन गर्दै समुन्नत मुलुक निर्माणको अभियानमा जुट्नुपर्ने बताए । कांग्रेस एकजुट भए कसैले पनि कांग्रेसको बेगलाई रोक्न नसक्ने भन्दै गौडेलले पार्टीमा अभूतपूर्व एकतामा जोड दिए । उनले गाउँगाउँमा सांगठनिक अवस्था मजबुत बनाउनतर्फ लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।


माल्यार्पण कार्यक्रमलाई पूर्व पार्टी सभापति एवम् पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले सम्बोधन गर्दै वीपी विचार, सिद्धान्त र निष्ठा हरेक कांग्रेस जनका लागि मागदर्शन भएको बताए ।

सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा पार्टी पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा सुभेच्छुक संगठनका प्रमुख लगायत नेता कार्यकर्ता उपस्थित थिए । सचिव कोइरालाका अनुसार जिल्लाको परिपत्र अनुसार शनिवार विभिन्न पालिकामा बृक्षारोपण लगायतका कार्यक्रमहरु गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अग्रज योग प्रशिक्षकहरुलाई नेपालगञ्जमा सम्मान

६ श्रावण २०८०, शनिबार १४:१८
नेपालगञ्ज : योग समिति नेपालको योग प्रशिक्षक चौथो व्याच (२०७९) ले आफू भन्दा अग्रज प्रशिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने कार्य निकै भव्य र सभ्य रूपमा सम्पन्न गरिएको । नेपालगञ्ज –१०, गोसाईगाउँस्थित योग केन्द्रमा आयोजित उक्त कार्यक्रममा योग गुरू गिरिराज भट्टराई, गुरूआमा मन्दरा शर्मा, योग समिति नेपालका सल्लाहकार नन्द लाल […]

सम्बन्धित