हाम्रा पुस्ताले गर्व गर्ने विकास आयोजनाहरू ल्याउनेछु : इश्तियाक राई

सदरलाइन संवाददाता १ मंसिर २०७९, बिहीबार १३:०६
 

नेपालगञ्ज : जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पुर्यााएर मतदान गर्न अपिल गरेका छन् ।

डुडुवामा भएको पार्टीको एउटा चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले यो चुनाव लामो संघर्षपछि प्राप्त अधिकारहरू जोगाउने र त्यो अधिकार खोस्न चाहनेहरूबीचको लडाईं भएको भन्दै त्यसमा विवेक पुर्याउन आग्रह गरेका हुन् ।

‘राज्यका हरेक संचरनामा आज हाम्रो पनि सहभागिता स्विकार्यता भएको छ । संविधानले हामीलाई स्विकार गरेको छ । हाम्रा धाती अनि कुर्ताहरूलाई राज्यले पहिचान दिएको छ । हाम्रो भाषालाई राज्यले सम्मान गरेको छ’ गाउँगाउँबाट जुटेका सयौं मतदाताहरूलाई सम्बोधन गर्दै उनले भने ‘हामीले आफ्नो पहिचान र अधिकारका लागि हज्जारौंले रगत पसिना बगाएका छन् । यो कसले जित्ने भन्नेमात्रै चुनाव होइन। यो त ती अधिकार जोगाउने कि फेरि त्यसलाई कसैको मुठ्ठीमा सुम्पिने? त्यसको फैसला पनि हो ।’

उनले फेरि पुरानै शासन व्यवस्थाको वकालत गर्नेहरू फेरि पनि नागरिकलाई रैति बनाउनका लागि भोट माग्न आइरहेको भन्दै त्यसको गतिलो जवाफ मंसिर ४ गते मतपत्रबाट दिन पनि मतदातालाई आग्रह गरे ।

यो क्षेत्रको विकास नचाहनेहरूले आफूविरूद्ध भ्रामक कुराहरू फैलाइरहेको भन्दै उम्मेदवार राईले कसैको झुटा र जनता ढाँट्ने कुराहरूको पछाडि नलाग्न पनि मतदाताहरूलाई सचेत बनाए ।

‘उनिहरू चाँहदैनन् यो क्षेत्रको विकास हो । यो क्षेत्रका नागरिक समृद्ध होउन् । उनिहरू त चाहन्छन् जनता सधैं उही गरिबीमा रहिरहुन् । सधैं उनिहरूका रैति भइरहुन’ उनले भने ‘विकास गरिरहेको मान्छेका बारेमा नानाथरि कुरा गरेर उनिहरूले अहिले मतदाता भड्काउने काम गरिरहेका छन् ।’


राईले भ्रष्टाचार कसले गरेको छ र विकास कसले गरेको छ भनेर आफु सधैं बहस गर्न तयार रहेको पनि सुनाए ।

‘उनिहरू पनि यो क्षेत्रको उच्चस्थानमा बसेका छन् । दश–दश वर्ष महानगर चलाएका छन् । उनिहरूले किन विकास गरेनन् ? आज काम गरिरहेको मान्छे देखेर उनिहरूलाई औडाह भइरहेको छ । र उनिहरू छटपटाइरहेका छन् । जनता सचेत भएको देखेर उनिहरू डराइरहेका छन्’ उनले भने ‘त्यसैले उनिहरू पछि लागिरहेका छन् । मैले कसरी पैसा कमाए भनेर प्रमाणहरू खोज्न हिँडेका छन् । दुःख गरिरहेका छन् । तर त्यत्रो दुःख किन गर्नुपर्यो ? त्यो सबै त मैले सार्वजनिक गरिसकेको छु । नभए कसैले मलाई सोधे पनि म भनिदिन्छु नि !’

आफ्नो पुस्ताले समेत गर्व गर्नेगरि विकास ल्याउनका लागि नागरिकले जसपाप्रति अगाध स्नेह र उत्साह देखाइरहेको भन्दै विरोधीहरू अत्तालिएको बताउँदै राईले मतदाताहरूलाई मंसिर ४ गते विवेकपूर्ण मतदान गर्न आग्रह गरे ।

जसले जति विरोध गरे पनि वा अवरोध गरे पनि आफू यो क्षेत्रको विकासका लागि सधैं लडिरहने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

‘तत्कालका लागि कसैलाई यो विकासका संरचनाहरू, विकासका आयोजनाहरू आएको देखेर, ल्याउँछ किभनेर ठूलै डर छ । उनिहरू छटपटाइरहेका छन्’ उनले भने ‘तर ढुक्क हुनुहोस् यो विकास भनेको कसैको व्यक्तिगत होइन । कुनै समुदाय विशेषका लागि मात्रै होइन । विकास भनेको कुनै धर्म वा सम्प्रदायका लागि मात्रै होइन । यो त यहाँको समग्र समृद्धिका लागि हो । तपाईं हाम्रा पुस्ताले गर्व गर्ने कुरा हो ।’

कोणसभालाई प्रदेशसभा उम्मेदवार भण्डारीलाल यादव, समानपातिक उम्मेदवार अम्बिका काफ्ले, जसपाका जिल्लाअध्यक्ष कमरुद्दीन राईलगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अथकले पुरा गरेका सात संकल्प

१ मंसिर २०७९, बिहीबार १३:०६
नेपालगञ्ज : २०७४ सालमा पहिलो पटक साँसदमा निर्वाचित भएपछि माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर जंग गहतराज (अथक) ले सात वटा संकल्प गरेका थिए । जसको कार्यान्वयनमा उनी खारो उत्रेका छन । आफुले बोलेका कुरा गरी छाड्ने र सुरु गरेका कामहरु पनि पुरा गरी छाड्ने स्वभाव भएका अथक आफ्नो बचन […]