ट्रकले टेम्पोलाई ठक्कर दिदा एक घाइते

१४ मंसिर २०७५, शुक्रबार १७:५२
 

सदरलाइनडटकम
नेपालगञ्ज  : बाँकेको बैजनाथ गाउपालिका वडा नं ६ को देउती ईटाभट्टा उद्योग अगाडि एचगाउमा शुक्रबार दिउसो साढे ४ बजे ट्रकले टेम्पोलाई ठक्कर दिदा एकजना घाइते भएका छन् ।
प्रहरी चौकी सम्झनाका ईन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक असई कुलबहादुर बमले दिएको जानकारी अनुसार भे १ ख १६८३ नं. को ट्रकले भे १ ह ९३२८ नं.को टेम्पोलाई ठक्कर दिदा बाँके बैजनाथ–५ का ४५ वर्षिय जित बहादुर राउत गम्भीर घाइते भएका हुन ।
घाइते राउत टेम्पो चालक भएको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरी सहायक निरिक्षक बमले घाइतेको उद्दार गरी अस्पताल पठाएको बताए । घाइते राउतको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भई रहेको छ । ट्रक चालक घटना लगत्तै फरार रहेको तर ट्रक नियन्त्रणमा लिएर उनको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

Next Post

नेपालगञ्जमा खाद्य मेला आयोजना गरिने

१४ मंसिर २०७५, शुक्रबार १७:५२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा ‘खाद्य मेला २०७५’ आयोजना गरिने भएको छ । पश्चिम नेपालमा पाइने पोषिला खाद्य बस्तु र उत्पादित खाद्यान्नबाट तयार पारिने खाद्य पदार्थको प्रचार प्रसारका साथै बजारिकरण गर्न खाद्य मेला आयोजना गर्न लागिएको हो । नेपालमा पाइने खाद्य बस्तुको बारेमा प्रचार प्रसार गर्न मेलाको मुख्य उद्देश्य रहेको खाद्य प्रविधि […]

सम्बन्धित