जमुनाहा नाकाबाट १५ वटा मुर्रा राँगा भित्र्याइने

सदरलाइन संवाददाता ५ मंसिर २०८०, मंगलवार १२:५६
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याउन लागिएको छ ।

भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपईडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।

नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको उनको भनाइ छ ।


भारतले १५ वटा राँगा पठाइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह प्रवक्ता तथा वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र प्रसाद बोहराले बताए । उनका अनुसार बिहीबार नेपालगञ्जस्थित रुपईडिया–जमुनाहा नाकाबाट उक्त मुर्रा राँगा भित्रिने छन् ।

उन्नत जात मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरूप ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा राखिने छ । पोखरा, नेपालगञ्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट बैदेशिक ब्यापार बढ्न सकेन

५ मंसिर २०८०, मंगलवार १२:५६
नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगञ्जबाट हुने बैदेशिक व्यापार बढ्न सकेको छैन । यहाँबाट भारत सहित तेस्रो मुलुकमा निर्यात बृद्धि गर्ने प्रशस्त सम्भावनाको अध्ययन कतैबाट हुन सकेको छैन । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म नेपालगञ्ज भन्सार नाका हुँदै २१ देशसंग रु १७ अर्व ९३ करोड १३ लाख […]