नरैनापुर गाउँपालिका अध्यक्ष शाहको स्वास्थ्यमा क्रमिक सुधार

सदरलाइन संवाददाता ३१ आश्विन २०७९, सोमबार १६:०४
 

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ ।

आइतवार मेडिकल कलेज नेपालगञ्जबाट थप उपचारका लागि भारतको लखनऊको एपोलो हस्पिटलमा लगेर उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेपछि उनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेका उनका भतिज अफाकले जानकारी दिए ।

उनका अनुसार औषधि र आवश्यक उपचारका कारण अहिले स्वास्थ्यमा ७० प्रतिशत भन्दा बढी सुधार भइसकेको छ । ज्वरो पनि घटेको छ । विशेषगरी एन्फ्लुयन्जा भएको प्रमाणित भएपछि थप उपचारका लागि मेडिकल कलेज नेपालगञ्जका फिजिसियन डाक्टर आसिम किदवाईले रिफर गरेका थिए ।


उपचारमा संलग्न चिकित्सकले अध्यक्ष शाहको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको बताउँदै अझै एक दिन आइसियुमा राखेर उपचार गरिने जानकारी दिएको अध्यक्ष शाहको सचिवालयले जनाएको छ ।

एन्फ्लुयन्जा संक्रमणसंगै निमोनिया संक्रमण भएपछि आइसियुमा राखेर आइतबारबाट लखनऊको एपोलो हस्पिटलमा उपचार सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काम देखाउनेलाई भोट दिन जसपा उम्मेदवार राईको आग्रह

३१ आश्विन २०७९, सोमबार १६:०४
नेपालगञ्ज : जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार समेत मोहम्मद इश्तियाक राईले आगामी मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश सभाको निर्वाचनमा क्षेत्रको विकास गरेर देखाउने उम्मेदवारलाई आफ्नो मत दिन आग्रह गरेका छन् । उनले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पार्टीको चुनावी प्रचार प्रसार […]

सम्बन्धित