आगलागीले संधै रुवाउँछ

२५ चैत्र २०७४, आईतवार १७:३८
 

सदरलाइनडटकम
२५ चैत, नेपालगन्ज : बाँके नरैनापुर गाउँपालिका अध्यक्ष मोहमद ईस्तियाक शाहलाई आगलागीबाट आफ्नो गाउँपालिकाकका सर्वसाधरणहरुलाई कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।

शाह बाँकेको यस्तो गाउँपालिकाका अध्यक्ष हुन्, जहाँ गर्मीयाममा दैनिक जसो साना ठुला आगलागीका घटना भइरहन्छन् । यातायातको व्यवस्था नभएको र सदरमुकाम नेपालगन्ज भन्दा निकै परेको उक्त गाउ“पालिकालाई ‘सुगम जिल्लाको दुर्गम’ भनेर चिनिन्छ ।

भवितब्यले आगालगीका घटना त हुन्छन् नै । तर ती आगलागीका घटनाबाट जोगिने नत यहाँ दमकल छ नै पानीको भरपर्दो व्यवस्था नै । नेपालगन्जबाट गएको दमकल कच्ची बाटोका कारण बिचमै बिग्रिन्छ । उल्टो दमकलको उद्धार गर्नुपर्ने अवस्था आउ“छ । ‘बर्षामा बाढी र गर्मीमा आगोले हामीलाई पिरोल्छ’– गाउँपालिका प्रमुख शाह भन्छन,—‘आगलागीबाट धनमालको मात्र होइन, बालबालिकादेखि बृद्धबृद्धाहरुले ज्यान गुमाउनु परेको छ ।’

गत बाँकेमा ५५ वटा भन्दा आगलागीका घटना भएका थिए ।  उक्त आगलागीको घटनामा तीन जना बालबालिको मृत्यु भएको थियो भने लाखौंको धनमाल नष्ट भएको छ ।  नेपालगन्ज उप–महानगरपालिकामा १९ वटा, बैजनाथ गाउपालिकामा ९, नरैनापुर गाउपालिकामा ९, राप्ती सोनारी गाउपालिकामा ४, खजुरा गाउँपालिकामा ४, डुडुवा गाउपालिकामा ६, जानकी गाउपालिकामा ३ र कोहलपुर नगरपालिकामा १ गरी ५५ वटा आगलागिका घटना भएका छन् ।


    चालु आर्थिक वर्षमा बाँकेमा भएका आगलागिको घटनामा परेर ३ जना बालबालिका र ९ वटा चौपायले जलेर ज्यान गुमाउनुको साथै ११ चौपाय घाइते भएकोे तथ्याङ्क जिल्ला प्रहरी बाँकेसंग छ ।१० महिनामा भएका आगलागीमा ४७ सर्वसाधारणको घर, १२ गोठ, करिव ५० वटा खरले छाएको कच्चि छाप्रा र ३ सरकारी भवन जलेर नष्ट भएको थियो ।

 सो आगलागिबाट करिब ३ करोड ९० लाख ९८ हजार ५ सय २६ रकम बराबरको अन्दाजी क्षति भएको आंकलन गरिएको जानकारी दिए । धेरै गर्मी भएको ठाउ“ र संगै जोडिएका घर भएका कारण पनि आगलागीले पुरै गाउ“नै ध्वस्त हुने गरेको पाइएको छ ।

Next Post

प्यासन नेपालले नेपालगन्ज र दाङ्गमा ‘न्यू इअर इभ’ कार्यक्रम गर्दै

२५ चैत्र २०७४, आईतवार १७:३८
सदरलाइनडटकम,  २५ चैत, नेपालगन्ज  : नयाँ वर्ष २०७५ लाई लक्षित गरी इभेन्ट म्यानेजमेन्टमा क्रियाशिल प्यासन नेपाल प्रालिले आगामि चैत ३० गते नेपालगन्जको होटल सोल्टीमा ‘न्यू ईयर ईभ’ कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोजकका तर्फबाट नेपालगन्जमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिदै चैत्र ३० गते साँझ ५ […]