मत माग्दै घरदैलोमा व्यस्त एमाले नेपालगञ्जका उम्मेदवार

सदरलाइन संवाददाता १५ बैशाख २०७९, बिहीबार २०:४०
 

 

नेपालगञ्ज : आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि नेपालगञ्जमा चुनावी सरगर्मी सुरु  भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा यसका लागि चहलपहल समेत तिब्र रुपमा बढेको हो । हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा र व्यानरसहित घरदैलोमा व्यस्त छन् ।

नेकपा एमाले नेपालगञ्ज उप–महानगरपालिकाले पनि घरदैलोमा सक्रियता बढाएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेपालगञ्ज उप–महानगरपालिकाले घरदैलोमा सक्रियता देखाएको हो ।

उप–महानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्र उपमेयर पदका उम्मेदवार शान्ति ढकाल तथा विभिन्न वडामा उम्मेदवार रहेका वडा अध्यक्ष सदस्यहरु आफ्ना पक्षमा मत माग्न घरदैलोमा व्यस्त छन् ।


बिहीवार नेपालगञ्ज उप–महानगरपालिका वडा नं ५ र ६ मा आफुलाई मत माग्न, जनताको अपेक्षा र समस्या पहिल्याउन आफुहरु जनताको घरदैलोसम्म आइृपुगेको मेयरका प्रत्यासी मिश्रले बताए । नेकपा एमालेको प्रचार प्रसार सहितको घरदैलो कार्यक्रममा मिश्रले नेपालगञ्लाई समृद्ध बनाउन र नेपालगञ्जवासीलाइ जागरुक गराउन पनि यो घरदैलो कर्यक्रम प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे ।

उम्मेदवारबाट मतदाताले राखेको अपेक्षा के हो भनेर बुझ्नलाइ आफुहरु जनताको ढोका ढोकामा आईपुगेको उपमेयरका प्रत्यासी ढकालले बताईन् । उनले भनिन्,–‘साच्चै नेपालगञ्जमा बिकासको काम हुन सकेको छैन । नेपालगञ्जवासी अझै मर्कामै परेका छन् । नेपालगञ्जमा एमालेको सरकार बनाउन सके नेपालगञ्जवासीको सुखद् भबिष्य सुन्दर र समृद्ध नेपालगञ्जको सुरुवात गर्न सकिन्छ ।’

उनले आफुहरुलाई जनताले जिताएमा अबको ५ बर्ष निरन्तर जनताको सेवा र नेपालगञ्जका २३ वटै वडाको बिकासका निमित्त काम गर्ने प्रतिबद्वता जाहेर गरिन् । घरदैलो कार्यक्रमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मतमाग्दै घरदैलोमा जाँदा कोहलपुरमा एमाले उम्मेदवारलाई स्वागत

१५ बैशाख २०७९, बिहीबार २०:४०
कोहलपुर (बाँके) : साच्चै चुनावी रोनकको मजा नै बेग्लै हुने रहेछ अघि पछि कुनै पनि पार्टीका नेताले काम गरेनन अब चुनाव आउदा पख भन्नेहरुमा नी त्यो गीत त्यो चुनावी माहोल देखेसी नाचौ नाचौ प्रचारप्रसारमा जाउ जाउ हुँदो रहेछ अनि पुराना कुरा बिर्सेर घरदैलो अभियानमा घामपानी दिनरात नभनी लाग्नेरहेछ्न । आगामी […]

ताजा अपडेट