वर्षातले बाँकेमा साठी प्रतिशत धानबालीमा क्षति

सदरलाइन संवाददाता ५ कार्तिक २०७८, शुक्रबार १४:५८
 

नेपालगञ्ज : बेमौसमी बर्षातका कारण बाँकेमा ६० प्रतिशत धानबालीमा क्षति पुगेको छ । बर्षातले काटेर खेतमा रहेको ६० प्रतिशत धानमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए ।

उनले काटेर खेतमा रहेको ६० प्रतिशत र हावाहुरीले नकाटेको २० प्रतिशत धानमा क्षति पुर्याएको बताए । पानीसँगै आएको हावाहुरीले १० हजार हेक्टरमा लगाएको धान ढलेपछि खेतमा कुहिन थालेको उनको भनाई छ ।


उनले काटेर खेतमा रहेको सात हजार पाँच सय हेक्टर जमिनको धानमा क्षति पुर्याएको बताए । बाँकेमा ३६ हजार पाँच सय हेक्टर जमिनमा धान खेती भएको छ । ‘बर्षात र हावाहुरीले नकाटेको धानभन्दा काटेको धानमा बढि क्षति पुर्याएको छ,’ उनले भने, ‘काटेको धान जमिनमा टाँसिएकोले उम्रिन थालेको छ ।’

गत बर्ष बाँकेमा प्रति हेक्टर ४ दशमलव ३ मेट्रिक टनका दरले करिव एक लाख ५३ हजार ८० मेट्रिक टन धान उत्पादन भएको थियो । यो बर्ष प्रति हेक्टर ४ दशमलव ४ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो । तर, बेमौसमी बर्षातले गत बर्षको भन्दा झण्डै ३० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु

५ कार्तिक २०७८, शुक्रबार १४:५८
बाँके : अविरल वेमौसी वर्षातका कारण चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोबाट खुलेको छ । मान्म–गमगढी सडक खण्डको पिलीमा पहिरो गएपछि अवरुद्ध सडक शुक्रबार दिउँसोबाट खुलेको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहका अनुसार शुक्रबार विहान सम्म एकतर्फी मात्रै सडक सुचारु गरिए पनि दिउँसो बाट भने दुवैतर्फ […]

सम्बन्धित