महिला, बालबालिका मन्त्री र फिनल्याण्डका राजदूतविच शिष्टाचार भेट

सदरलाइन संवाददाता १५ चैत्र २०८०, बिहीबार १६:५०
 

काठमाडौं : महिला, बालबालिका मन्त्री भगबती चौधरी र नेपाल लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काको बीचमा शिष्टाचार भेट भएको छ ।

मन्त्रालयमा आयोजित भेटमा दुई देशविचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ ।

भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताईन ।


भेटमा मन्त्री चौधरीले भनिन–‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेकोमा खुशी लागेको छ । प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकार भनेको हामीले फिनल्याण्डसँग खुसीसाथ साझा गर्ने मूल्यहरू हुन् । दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन गर्न उच्चस्तरीय भ्रमणको आदानप्रदान आवश्यक छ ।’

मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायहरूको उत्थान गर्ने प्रयासहरूमा फिनल्याण्डको सहयोग नेपालको लागि फलदायी हुने विस्वास ब्यक्त गरिन । साथै, उनले कोभिड १९ को कठिन समयमा नेपाललाई सहयोगको हात बढाएकोमा फिनल्याण्ड सरकार र जनतालाई धन्यवाद पनि दिईन ।

नेपाल सन् २०२६ मा एलडीसी स्थितिबाट उत्तीर्ण भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा रहेको बताउँदै मन्त्री चौधरीले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्न नेपाल प्रयासरत रहेको पनि उल्लेख गरिन । ‘हामी फिनल्याण्डले विभिन्न बहुपक्षीय फोरमहरूमा जलवायु एजेन्डाहरू प्राप्त गर्ने तरिकाको प्रशंसा गर्छौं । नेपालले जलवायु एजेन्डा विशेष गरी हिमाली एजेन्डालाई जलवायुसम्बन्धी फोरमहरूमा पनि वकालत गर्दै आएको छ ।’ मन्त्री चौधरीले भनिन ।

भेटमा राजदूत रिना रिक्का हेक्काले नेपाल र फिनल्याण्ड विचको सम्बन्ध प्रगाढ बनाउन द्विपक्षीय विकासका लागि सहकार्य गरेर जाने बताएकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनाल सहित १९ जाना विरुद्ध भ्रष्ट्राचारको मुद्दा

१५ चैत्र २०८०, बिहीबार १६:५०
काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दुरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (Mobile Device Management Syste–MDMS)परामर्श सेवा खरिद कार्यमा अनियमितता गरेको भन्दै प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल सहित १९ जाना विरुद भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा तत्कालिन अध्यक्ष झा […]