नरैनापुरमा कल्भर्ट मुनि फेला परेको शवको पहिचान खुल्यो

सदरलाइन संवाददाता १ मंसिर २०८०, शुक्रबार १४:०२
 

नेपालगञ्ज : बाँकेको नरैनापुरमा बिहीबार कल्भर्ट मुनि फेला परेको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ ।

कल्भर्ट मुनि फेला परेको उक्त शव भारतीय नागरिकको रहेको पुष्टि भएको ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । उक्त शव भारतको श्रावस्ती जिल्ला मल्लिपुर थाना भगराका अन्दाजी ५० बर्षीय बिलाख निसादको रहेको उनले जानकारी दिए ।

प्रहरी निरीक्षक रायमाझीका अनुसार उनी नरैनापुर –२ बेलचहवास्थित आफ्नो छोरीको घरमा जान्छु भनि कात्तिक २८ गते दिउँसो २ बजेतिर घरबाट हिँडेका थिए तर उनी छोरीको घरमा पुगेनन् एक्कासी बिहीबार दिउँसो उनको शव कल्भर्ट मुनि जमेको पानीमा डुवेको अवस्थामा फेला परेको थियो ।


उनका आफन्त पनि भारतबाट आइसकेकाले भेरी अस्पतालमा पुगेर शवको पोष्टमार्टम गरिने तयारी गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।

मृतकको शव नेपालगञ्ज नरैनापुर हुलाकी सडक खण्डमा पर्ने नरैनापुर गाउँपालिका –३ गेगलीनजिक रहेको कल्भर्टको मुनि जमेको पानीमा डुबेको अवस्थामा बिहीबार दिउँसो फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छठ पर्व शुरु, शुक्रवार पहिलो दिन ‘नहाय–खाय’

१ मंसिर २०८०, शुक्रबार १४:०२
नेपालगञ्ज : शुक्रवारबाट छठ पर्व सुरु भएको छ । शुक्रवार पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प […]