कोहलपुर आयुर्वेद औषधालयप्रति आकर्षण बढ्दै

सदरलाइन संवाददाता १० श्रावण २०८०, बुधबार १४:०६
 

कोहलपुर (बाँके) : कोहलपुर वडा नं. ११ मा निवासी रमेश प्रसाद श्रेष्ठ नसा सम्बन्धी रोगबाट पीडित हुनुहुन्छ । लामो समयदेखि नसाको समस्याले सताएपछि नेपाल मात्र नभई भारतमा विभिन्न अस्पतालसम्म धाए ।

जुन हस्पिटलमा उपचार गराउँदापनि निको नभएपछि उनी कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको आयुर्वेद औषधालयमा पुगे । आयुर्वेद अस्पतालमा उपचार गर्न शुरु गरेपछि निकै सुधार हुँदै गएको उनको अनुभव छ । त्यस्तै मुगु जिल्लाकी मोतिसरा विश्वकर्मामा हातखुट्टा दुख्ने समस्या छ ।

जसका कारण उनी उपचारका लागि कोहलपुर आइन् । र अहिले आयुर्वेद अस्पतालबाट सेवा लिइरहेकी उनी यहाँको सेवाबाट निको हुँदै गएको अनुभव सुनाउँछिन् । रमेश र मोतिसरा जस्तै धेरै बिरामीहरु अहिले आयुर्वेद अस्पतालमा उपचार गराइरहेका छन् । औषधालयमा निःशुल्क सेवा पाउने भएपछि धेरैको रोजाइ आयुर्वेद बनेको हो ।

आयुर्वेद औषधालयप्रतिको बढ्दो बिश्वास र भरोसाले पनि यहाँ बिरामीको चाप बढेको अस्पतालका शाखा प्रमुख उदिप श्रेष्ठको भनाइ छ । नगरभित्रका मात्र नभई जिल्लाका विभिन्न पालिकाहरूबाट दैनिक जसो बिरामीहरू आउने गरेको श्रेष्ठ बताउँछन् । अहिले आयुर्वेद अस्पतालले प्रदान गर्दै आएको सेवा जेष्ठ नागरिक मैत्री रहेको अस्पतालका शाखा प्रमुख श्रेष्ठ बताउँछन् ।


अस्पतालसम्म पुग्न असहज हुने अथवा हिड्न नसक्ने जेष्ठ नागरिकहरूलाई घरमै पुगेर सेवा दिइने हुँदा उनीहरू निकै नै खुशी हुने गरेको बताउँछन् । कोहलपुर नगरभित्र रहेको आयुर्वेद औषधालय जिल्लाको एकमात्र सरकारी अस्पताल हो । कोहलपुर नगरपालिकाको स्वामित्वमा रहेको औषधालयले शिविर तथा घरदैलो सेवाहरू प्रदान गर्दै आएको छ ।

पछिल्लो समयमा उपचारका लागि आउने विरामीहरूको चापमा वृद्धि हुँदै गएको उनको भनाइ छ । उनका अनुसार अधिकांस बिरामीहरू रुघाखोकी, नसा, पायल्स फिस्टुला, पेट, बाथरोग आदी रोगका समस्या लिएर चेकजाँच गर्नका लागि आउने गरेका छन् । यस आर्युवेद औषधालयबाट विभिन्न २३ प्रकारका औषधिहरू निःशुल्क पाइने गरेको पनि श्रेष्ठले बताउँछन् ।

जेष्ठ नागरिकहरूका लागि स्वास्थ्य प्रबद्र्धन कार्यक्रम र त्यस अन्तर्गत रसायन औषधि इम्युनिटी पावर कम भएकालाई बढाउने कार्यक्रम, बाथरोगको समस्या भएकाहरूको लागि पन्चकोष कार्यक्रम अन्तर्गत पुर्वक्रम सेवा स्टिमबाथ हातखुट्टा दुख्ने नसा सम्बन्धी समस्या भएकाहरूलाई २ प्रकासको सेवा, ओपिडी सेवा, बच्चा जन्मेपश्चात् ५ महिनासम्मको बच्चालाई स्तनपाई सेवा औषधालयले दिने गरेको छ ।

आयुर्वेद औषधालयले नगर भित्रका वडाहरूमा स्वास्थ्य शिविरका साथै योग शिविर पनि सञ्चालन गर्दै आएको छ । यहाँ उपचार गराउन गएका बिरामीहरू सन्तुष्ट रहेका छन् । अस्पतालमा जनशक्ति अभावका कारण भने उपचारमा समस्या रहेको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन स्थानिय सरकारले आवश्यक ध्यान दिन जरुरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसद् राणाद्वारा योग समितिलाई ५० हजार सहयोग

१० श्रावण २०८०, बुधबार १४:०६
नेपालगञ्ज : सांसद डा. धवलशमशेर राणाले योग समितिलाई ५० हजार रकम सहयोग गरेका छन् । राज्यको तलब सुविधा नलिने घोषणा गरेका डा. राणाले बुधबार नेपालगञ्जमा योगगुरु गिरिराज भट्टराईलाई ५० हजार हस्तान्तरण गरेका हुन् । डा. राणाले जनप्रतिनिधी हुँदा पाउने तलब भत्ता पीडित व्यक्ति, सामाजिक संघ संस्थालाई दिँदै आएका छन् । […]