सडक सुरक्षाको लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम

२० मंसिर २०७५, बिहीबार ०८:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नेपालगञ्ज उप–महानगर क्षेत्रमा सडक सुरक्षाको लगि सचेतनामुलक विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
यसक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेको अगुवाईमा वडा प्रहरी कार्यालय नेपालगञ्ज, जिल्ला ट्राफिक कार्यालय बाँके, समुदायिक प्रहरीले नेपालगञ्जमा सडक सुरक्षाको बारेमा जनचेतानामुलक कार्य सञ्चालनमा ल्याएको हो ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज तथा प्रहरी निरिक्षक नारायण डाँगीले सडक सुरक्षा र सडक पेटी अक्रिमण रोक्न अभियान अन्तरगत पुष्पलाल चोकदेखि बिपीचोकसम्मको सुर्खेतरोमा सडकको दुबै किनारको सडक पेटी अतिक्रमण हटाउन साथै जथाभावी पार्किङ्गलाई व्यवस्थित बनाउन सुरु गरिएको जानकारी दिए ।
नेपालगञ्ज उप–महानगर क्षेत्रमा सञ्चालनमा ल्याएको ‘नो हर्न’ अभियानको सफल पार्नको लागि पनि यो कार्यक्रमले सहयोग पुराउने उद्देश्यले सडकपेटी अतिक्रमण हटाउने र पार्किङ्ग गर्नको लागि सिकाउने कार्य भई रहेको उनले बताए ।
नेपालगञ्जमा अव्यवस्थित सडक पार्किङ्ग, सडक र सडकपेटी अतिक्रमण गरी व्यावसाय सञ्चालन गर्दै आएको जनगुनासो बढेकै बेलामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सडक सुरक्षा सचेतना कार्यक्रम सुरु गरिएको हो ।

Next Post

खेल्दै सिक्ने केन्द्रका बालबालिकालाई शैक्षिक सामाग्री

२० मंसिर २०७५, बिहीबार ०८:४६
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगर वडानं.४ मा रहेको ‘खेल्दै सिक्ने केन्द्र’का ८४ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । यो केन्द्रमा विद्यालय जनाबाट बञ्चित, बालश्रममा लागेका, बिद्यालय भर्ना भएर बिच मै पढाई छोडेका बालबालिकालाई राखेर अध्ययन गराईने गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको समन्वय, यूनिसेफको सहयोग तथा समुन्नत नेपालको प्राविधिक […]

सम्बन्धित