छठ पर्व शुरु, शुक्रवार पहिलो दिन ‘नहाय–खाय’

सदरलाइन संवाददाता १ मंसिर २०८०, शुक्रबार १४:१२
 

नेपालगञ्ज : शुक्रवारबाट छठ पर्व सुरु भएको छ । शुक्रवार पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् ।

यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ । यद्यपि ब्रतालुले यसअघि एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाखोनितोको शुरु गरिसकेका छन् । त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।


पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्याराथन सँगै ‘नेपालगञ्ज कन्क्लेभ’ आयोजना गरिने

१ मंसिर २०८०, शुक्रबार १४:१२
नेपालगञ्ज : पश्चिम नेपालको खेल–पर्यटनको प्रर्वधन गरिरहेको नेपालगञ्ज म्याराथनले यस वर्षदेखि म्याराथन सँगै ‘नेपालगञ्ज कन्क्लेभ’ आयोजना गर्ने भएको छ । यो पटक पश्चिमको आर्थिक मुद्दामा बहस हुँदैछ । उक्त बहसमा केएल दुगड गु्रपका सिइओ प्रदीप छाजेड, नेपाल पर्यटन बोर्डका पूर्व सिइओ एवं नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशी, धनगढी […]