कोहलपुरका बैंकहरुका एटिएम रित्तै, ग्राहक भौतारिंदै

सदरलाइन संवाददाता २७ कार्तिक २०८०, सोमबार १३:४८
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा रहेका अधिकांश बैंकका एटिएमहरुबाट पैंसा ननक्लिएपछि यती बेला यस क्षेत्रका सेवा ग्राहीहरु प्रताडित भएका छन् । आफनो खाता भएको बैंकको एटिएमबाट नगद ननिस्कियपछि अर्को बैंकको एटिएम बुथमा जाँदापनि उस्तै समस्या देखिएपछि ग्राहबर्गमा निराशा छाएको हो ।

चाड्पर्बको समयमा कोहलपुरमा रहेका अधिकांश बैंकहरुका एटीएममा पैसा नहुँदा सेवा ग्राहिले सास्ती ब्यवहोर्नु परेको भने यो नयाँ घटना भने होईन, प्रायः दसैं र तिहारमा पैसा नरहने गरेको भुक्तभोगीहरुको दुःखेसो रहेको छ ।

सोमबार बिहान जरुरी कामले एसआइबी र एनएमबी बैंक पुगेका कोहलपुर १० का ५६ बर्षका रामप्रसाद गौतमले गुनासो सुनाउदै भने बैंकमा पैसा भएकाले सुरक्षाको कारण घरमा नगद राखिएन बैंक आउदा एटीएममा पैसा छैन । दुःखेसो सुनाउदै गौतमले भने भरोसा कतै रहेन, खर्चका लागि बनेका योजना अधुरो रहने भए ।


एटीएममा पैसा किन नभएको होला भनेर नेपाल रास्ट्र बैंक नेपालगञ्जका प्रबक्ता सुमन कुमार नेपाललाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यी दुई बैंक मात्र होइन कोहलपुरका प्राय बैंकका एटीएममा पैसा नहुँदा मानिसहरु भौतारिरहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निर्माण गरिने

२७ कार्तिक २०८०, सोमबार १३:४८
नेपालगञ्ज : बाँके र बर्दियाका विभिन्न ऐतिहासिक गाउँ र पर्यटकीय स्थललाई जोड्न लुम्बिनी प्रदेश सरकारले ‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निमार्णका लागि डीपीआर सर्भे शुरु गरेको छ । पहिलो चरणमा बर्दियाको गेरुवा गाउँपालिकाको सन्कत्तिघाटबाट डिटेल प्रोजेक्ट रिर्पोट (डीपीआर) को काम शुरु भएको हो । पहिलो चरणमा शुरु गरिएको उक्त डीपीआरको […]

सम्बन्धित