‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निर्माण गरिने

सदरलाइन संवाददाता २७ कार्तिक २०८०, सोमबार १३:५४
 

नेपालगञ्ज : बाँके र बर्दियाका विभिन्न ऐतिहासिक गाउँ र पर्यटकीय स्थललाई जोड्न लुम्बिनी प्रदेश सरकारले ‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निमार्णका लागि डीपीआर सर्भे शुरु गरेको छ ।

पहिलो चरणमा बर्दियाको गेरुवा गाउँपालिकाको सन्कत्तिघाटबाट डिटेल प्रोजेक्ट रिर्पोट (डीपीआर) को काम शुरु भएको हो । पहिलो चरणमा शुरु गरिएको उक्त डीपीआरको काम बारबर्दिया नगरपालिकासम्म सर्भे भइसकेको छ ।

उक्त पर्यटकीय राजमार्गले नेपालगञ्जको राँझा विमानस्थलबाट बाँकेको ऐतिहासिक थारुगाउँ गुरुवा गाउँ, टिटिहिरिया र यस क्षेत्रकै ठुलो बर्दियाको बढैयाताल, बारबर्दिया, गेरुवा, र राजापुरलाई जोड्ने बताइएको छ ।


राजमार्ग क्षेत्रमा बाँकेको धार्मिक पर्यटकीय स्थल गुरुवा गाउँ, यस क्षेत्रकै ठुलो ताल बढैयाताल, बर्दियाको इतिहास बोकेको बह्रोबरदिया थनवा, सतखोलवा ताल, कृष्णसार संरक्षण क्षेत्र, ठाकुरद्वाराको हात्तीसार, डल्ला होमस्टे, राजापुरको शैजना टापु लगायतका पर्यटकीय क्षेत्र पुग्न सहज हुनेछ ।

लुम्बिनी प्रदेश सरकारले निर्माणका लागि सर्भे शुरु गरेको यो राजमार्गले इतिहास बोकेका गाउँहरूले न्याय पाउने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले बताए । ६५ देखि ७० किलोमिटर लम्बाई रहने राँझा टु राजापुर पर्यटकीय राजमार्ग महेन्द्र राजमार्गको वैकल्पिक मार्गको रूपमा रहने उनले बताए ।

बाँके र बर्दियाका महत्त्वपूर्ण पर्यटकीय स्थललाई जोड्ने भएकाले यसलाई लुम्बिनी प्रदेशको महत्त्वपूर्ण राजमार्गको रूपमा लिएको मन्त्री चौधरीले बताए । राजमार्गको निर्माण सम्पन्न भइसकेपछि नेपालगञ्जको राँझा विमानस्थलबाट पर्यटकहरू सिधै बाँके र बर्दियाका कुनै पनि पर्यटकीय स्थलसम्म सजिलै पुग्न सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा छोटी भन्सार पुनर्स्थापना गर्न प्रधानमन्त्रीसँग माग

२७ कार्तिक २०८०, सोमबार १३:५४
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएर सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका छोटी भन्सार पुनः सञ्चालन गर्न माग गरेको छ । रोल्पाबाट फर्किनेक्रममा शुक्रबार साँझ नेपालगञ्ज पुगेका प्रधानमन्त्रीलाई उद्योग वाणिज्य सङ्घको एक प्रतिनिधिमण्डलले भेटेर ज्ञापनपत्र बुझाउँदै छोटी भन्सार पुनर्स्थापनालगायत तस्करी रोक्न निर्देशन दिन माग […]

सम्बन्धित