सूर्यध्वज बाहक उम्मेदवार मिश्रासंग बाँकेलाई विकासको मोडल बनाउने यस्ता छन् योजना

२५ कार्तिक २०७४, शनिबार १७:१२
 

सदरलाइनडटकम  
२५ कात्तिक, नेपालगन्ज : यतिबेला आगामी मंसिर २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रचारले बिस्तारै गति दिन सुरु गरेको छ । यसक्रममा एमालेबाट बाँके निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार पशुपतिदयाल मिश्रले नेपालगन्जलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब मनाउनका लागि विकासको गुरुयोजना बनाउने प्रतिवद्धता जाहेर गर्दै उनी चुनावी प्रतिष्पर्दामा उत्रेका छन् ।
उनले आफ्नो प्रतिबद्धाता पत्रमा भनेका छन,‘ स्वदेशी तथा भारतीय पर्यटकलाई लक्षित गरी बाँकेमा रहेका धार्मिक सांस्कृतिक र पर्यटकीय स्थलको विकासको गुरुयोजना बनाएर नेपालगन्जलाई भारतीय पर्यटकको प्रवेशद्वारका रुपमा विकास गर्नेछु । नेपालगन्जलाई कैलाशको ढोकाको रुपमा विकास गर्ने छु ।’
उनले सबै धर्मावलम्बीहरुलाई सम्बोधन गर्दै धार्मिक पर्यटनको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए । उनले भने–‘सबै जातजाती, भाषा, धर्मको सम्मान गर्दै नेपालगन्जलाई आर्थिक र सामाजिक विकासको मेरुदण्डका रुपमा विकास गर्न प्रयत्नशील रहनेछु ।’
एमाले उम्मेद्वार मिश्रले समाजलाई शोषण, उत्पिडन, विभेद र असमानताबाट मुक्त गरेर समाजलाई न्याय, समानता र संवृद्धिको दिशातर्फ लैजानका लागि आर्थिक विकास र सामाजिक न्यायलाई सुनिश्चित गर्दै समग्र तराई मधेको विकासमा केन्द्रीत हुने प्रतिवद्धता गरेका छन् ।
उनले भने, ‘गौतम बुद्धको जन्मथलो लुम्बिनी, कैलास मान सरोवर जानको लागि नेपालगन्जलाई मुख्य द्वार बनाउने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा जाने पर्यटकलाई आधार बनाएर नेपालगन्जलाई पर्यटकीय मुलद्वारको रुपमा विकास गर्ने योजनालाई सार्थक बनाउने छु ।’
उनले नेपालगन्जमा केही महत्वपूर्ण आयोजनाहरुलाई लागु गरी त्यसको कार्यान्वयनका लागि अघि बढ्ने बताएका छन् ।
नेपालगन्जलाई प्रदेश नं. ५ को राजधानीका लागि आफ्नो पहल केन्द्रीत गर्दै नेपालगन्ज विश्वविद्यालय स्थापना, नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नती, पश्चिम राप्ती तटबन्ध निर्माण, बाँकेलाई बिशेष आर्थिक क्षेत्र (सेज), सुख्खा बन्दरगाह निर्माण, नेपालगन्जमा चक्रपथ, हुलाकी सडक र राप्तीमा पुल, हुलाकी सडकमा सर्वे गर्न छुटेको पुरैना, बेतहनी हुँदै दाङको गढवा जोड्ने सडक, नेपालगन्जमा सरकारी मेडिकल कलेजको स्थापना, नेपालगन्ज मित्रपार्क तथा पिकनिक स्पट निर्माण, बृहत खानेपानी आयोजनाको निर्माणलाई प्रमूख प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले नेपाल–भारत विद्युत प्रसारण लाइनको स्तरवृद्धि गरी लोडसेडिङ मुक्त जिल्ला बनाउने, नेपालगन्जमा सुलभ सार्वजनीक सौचालयको व्यवस्था, नेपालगन्जमा महिला कलेज स्थापना, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटनको क्षेत्रमा विशेष पहल गरी कार्यक्रमहरु सञ्चालन गर्ने, आधुनिक अग्नि नियन्त्रण उपकरणको व्यवस्था, राप्तीको सिधानिया घाटमा दाहसंस्कार पछि नुहाउनको लागि पक्की घाटको निर्माण र बिद्युतय शवदाह गृह निर्माण, नेपालगन्ज उपमहानगरपालिका लगायत प्रमूख सडकहरुको स्तरोन्नती र कालोपत्रे गर्ने आयोजनाहरु पनि सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
मिश्रले भने, ‘बाढीपीडितहरुलाई स्थायी बसोवासको ब्यवस्था गर्ने, दलित तथा विपन्न समुदायहरुको लागि आवासको व्यवस्था, युवा रोजगारको ग्यारेन्टी, नेपालगन्जमा चिनी कारखाना स्थापना, हरित जिल्ला बनाउनका लागि हरियो अभियान सञ्चालन गर्ने, कृषि उपजहरुको भण्डारणका लागि कोल्ड स्टोर निर्माण, नेपालगन्जको बुहउद्देश्यीय सभागृह निर्माण गर्ने पनि मेरो प्रमूख योजनाभित्र परेको छ ।’
उनले सिँचाई नपुगेका क्षेत्रमा सिँचाई आयोजनाहरु सञ्चालन गरी कृषकहरुलाई समयमै मलबिउको व्यवस्था गर्ने, कृषि क्षेत्रको समुन्नत विकासका लागि कृषिमा आधुनिकीकरण गर्ने लगायतका योजनाहरुलाई प्रमूखताका साथ सञ्चालन गर्ने जनाएका छन् । ‘यी सबैखाले योजनाहरुको कार्यान्वयन र सञ्चालनका लागि सूर्य चिन्हमा मतदान गर्न आव्हान समेत गर्दै भने–‘सुर्य चिन्हमा मतदान गर्नुहोस म तपाईहरुको मतको कदर र सम्मान गर्दै सदैव तपाईहरुको साथमा रहनेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जका विभिन्न वडाहरुमा सरसफाई अभियान

२५ कार्तिक २०७४, शनिबार १७:१२
सदरलाइनडटकम २५ कात्तिक, नेपालगन्ज : नेपालगन्ज उप–महानगरमा विभिन्न वडाहरुमा स्वस्फूर्त सरसफाई अभियान सञ्चालन गरिएको छ । यस क्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नं. १२ र २० मा सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो । तेस्रो हप्तामामा गरिएको कार्यक्रमले बिपी चोकदेखि मुक्तिपुर जाने बाटोको सरसफाई गरिएको वडा नं.१२ का अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी […]