सदरलाइनडटकम,
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले बर्तमान सरकारले जनआन्दोलनका उपलब्धीलाई सखाप पार्न लागेको आरोप लगाएका छन् । उनले पुष्पलालको ४१औं स्मृति दिवसको अबसरमा मिडिया इण्टरनेशनलमा नेपाल कम्युनिष्ट पार्टीले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
उनले प्रष्ट पार्दै भने–‘आज जन आन्दोलनमा उपलब्धीहरुलाई यो सरकारले सखाप पार्दैछ । राष्ट्रियता, जनतन्त्र र जनजीबिका माथि गम्भीर हमला हुदैछ । जनताले फेरि पनि संघर्षको बाटो नहिडी सुख छैन । त्यसैले कमरेड पुष्पलालको संयुक्त जन आन्दोल, संयुक्त मोर्चा, बामपन्थी एकताको बाटोमा दृढतापूर्ब हिड्नु नै क्रान्तिकारी कम्युनिष्ट, बामपन्थी तथा सच्चा लोकतन्त्रबादीहरुको आजको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय र्कतब्य हो ।’
कार्यक्रम सञ्चाल गदै पार्टीका उपाध्यक्ष लोकनारायण सुबेदीले कमरेड पुष्पलालको क्रान्तिकारी दृष्टिकोण, बिचार, सिद्धान्त, कार्यक्रम र नीति नेपाली राष्ट्रिय राजनीतिमा पटक पटक परिलक्षित भएको र पुष्पलालको मूलबाटो छोडेर देश र जनताका गम्भीर र पेचिला समस्याको समाधान हुन सक्तैन र देश र जनताले मुक्ति पाउन नसक्ने धारणा राखे ।
पुष्पलालको राजनीतिक जीवन र दुर्धर्ष संघर्षका बारेमा प्रकाश पार्दै नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सचिबालयका सदस्य रामबहादुर भण्डारीले नेपाल कम्युनिष्ट पार्टी गठन गर्नु पूर्बको कमरेड पुष्पलाललको राजनीतिक संलग्नता, पार्टी गठन पश्चात २००६ साल बैशाख पछि २०१७ सालसम्मको क्रान्तिकारी र संघर्षशील भूमिका, दिल्ली समझौताको बिरोध पछि पार्टीमाथि प्रतिबन्ध, महासचिवबाट पुष्पलालाई बिमुख गराउने षडयन्त्रपछि तुफानी किसान आन्दोलन गरेर पार्टीलाई बचाउने कार्य, दरबारिया षडयन्त्रको भण्डाफोर अनि ०१७ सालको प्रतिगामी शाही काण्ड पछि पार्टीलाई बिसर्जनमा पु¥याउने षडयन्त्र र संशोधनबादको बिरोध तथा नयाँ जनबादी कार्यक्रमको सुब्यवस्थित प्रस्तुतिकासाथै बामपन्थी एकता र संयुक्त मोर्चा तथा संयुक्त जन आन्दोलनको प्रष्ट र प्रभाबकारी कार्य्दिशा, पार्टीको कार्यपद्धतिको बिकास, नयाँ जनबादी सँस्क्ृति र बुद्धिजीवी सम्मेलन, नेकपा चतुर्थ सममेलन, अखिल नेपाल किसान संघको दोश्रो राष्ट्रिय सम्मेलन लगायतका महत्वपूर्ण कदमहरु अघि सारेर पार्टीलाई बिसर्जनबादी र संशोधनबादी धारबाट मुक्त गराउन ठूलो भूमिका खेलेको प्रष्ट पारे ।
कार्यक्रमको सभाध्यक्षको आसनबाट बोल्दै कमरे पुष्पलालसँग लामो समय बनारसमा बिताएका र उनको राजनीतिक जीबनचर्यालाई राम्ररी बुझेका बयोबृद्ध कमरेड शिब भटराईले पुष्पलाल जस्तो प्रतिभावान, दूरद्रष्टा र संघर्षशील ब्यक्तित्व कम्युनिष्ट आन्दोलनले अर्को कोही पाएको छ्रन । पुष्पलालका बिचारहरु तत्कालीन तथा दूगामी महत्वका छन् भन्ने औल्याएका थिए ।
कार्यक्रममा जन बर्गीय संगठनको तर्फबाट बोल्दै अखिल नेपाल महिला यूनियनकी संयोजक सीता सुबेदीले कमरेड पुष्पलालले प्रस्तुत गरेको नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रले नै देशका मजदुर, किसान, महिला, यूवा–बिद्यार्थी सबैको साझा राष्ट्रिय आन्दोलनले मात्र समस्या समाधान गर्न सक्तछ भन्ने कुरा प्रष्ट पारेको र हामी त्यही दिशा सही किसिमले अग्रसर हुन सकेमा मात्र पुष्पलाललाई श्रद्धाञ्जली अर्पण गरेको सार्थक हुने कुरा औल्याएकी थिइन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीमा भर्खरै एकताबद्ध हुनु आउनु भएका नेता द्वय राजेश बान्तबा र भक्ति शर्माहरुले पनि संक्षिप्तरुपमा बोल्दै कमरेड पुष्पलालले अघि सारेको नीति कार्यक्रमबाटै मात्र देश र जनताले मुक्ति पाउने कुरा बुझेर सही बिकल्पको निम्ति नेपाल कम्युनिष्ट पार्टीमा एकता बद्ध हुन आएको धारणा राखेका थिए ।
कार्यक्रमको शुरुमा देशका जनबादी तथा कम्युनिष्ट आन्दोनलमा शहादत हुनुभएका बीर शहीदहरु तथा कमरेड पुष्पलालको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
तत्पश्चात कमरेड पुष्पलालप्रति समर्पित कबि इन्द्रनारायण सुबेदीले लेखको ‘जिउदो जाग्दो अमर धरती पुत्र हो पुष्पलाल’ भन्ने कबिता कबि इञ्जिनियर सन्तोषकुमार पोखरेलले बाचन गरेका थिए । कार्यक्रमको बीचमा पनि उनले पुष्पलालप्रति समर्पित आफ्नै ब्यंगात्मक रचना ‘तेस्तो कहाँ हुन्छ र ?’ भन्ने कबिता पनि बाचन गरेका थिए ।
कार्यक्रमा उपस्थित सबैलाई पार्टीका केन्द्रिय कार्यालय सचिव रत्नप्रसाद जोशीले स्वागत अभिबादन गरेका थिए भने सचिवालय सदस्य कृष्णहरि भट्टले सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । भट्टले पनि आफ्नो एक कबिता कार्यक्रममा सुनाएका थिए ।
पार्टीको भ्रातृ संगठन अखिल नेपाल बिद्यार्थी यूनियनले पनि कमरेड पुष्पलालको सम्मानमा माध्यमिक बिद्यालय स्तरका बिद्यार्थीहरुका बीच एक बक्तृत्व कला प्रतियोगीता यही साउन १० गते रत्नराज्य क्याम्पसमा आयोजना गर्ने भएको छ । नेपाल पत्रबाट