साथीले चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु

सदरलाइन संवाददाता १४ चैत्र २०७७, शनिबार १४:४९
 

दाङ : दाङमा सिकार खेल्न गएको समयमा आफ्नै साथीले चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १३ कलमघारी वनमा बँदेल मार्न भन्दै गएका सोही ठाउँका टेकबहादुर गुरुङको साथीले चलाएको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नावय उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।


शुक्रवार राती ३ जना बँदेलको सिकार खेल्न गएको समयमा बँदेल भनेर गोली चलाउदा साथीलाई लागेको हुन सक्ने उनले जानकारी दिए । उक्त घटनामा संलग्न भएको अभियोगमा २ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रिजालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Next Post

बन्यजन्तुको छालासहित आठ जना पक्राउ

१४ चैत्र २०७७, शनिबार १४:४९
दैलेख : प्रहरीले दैलेखमा बाघ र रेडपाण्डाको छालासहित आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई दैलेखको नारायण नगरपालिका–३ खुर्सानीबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नौमुले गाउँपालिका–२ बाट दैलेख बजारतर्फ वन्यजन्तु ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी […]