राप्तीसोनारीमा झडप हुँदा १ जना गम्भीर घाइते, ३ पक्राउ

सदरलाइन संवाददाता २७ कार्तिक २०८०, सोमबार १३:०८
 

नेपालगञ्ज : बाँके राप्तीसोनारी गाउँपालिका वडा न ९ उद्दैनमा आइतवार १२ बजे युवाहरू बिच झडप भएको छ ।

झडपमा परी नेपाली सेनामा कार्यरत बिदामा घर आएका राप्तीसोनारी ९ उद्दैनका विष्णु खत्री गम्भीर घाइते भएका छन् ।

उनको नेपालगञ्ज मेडिकल कलेज नर्सीङ्ग होममा उपचार भैरहेको र उनको टाउकोमा गहिरो चोट लागेको छ ।


उनलाई कुटपिट गर्ने राप्तीसोनारी ९ का वर्ष १८ को मनोज खत्री, सोही ठाउँ बस्ने वर्ष २४ को जिवन खत्री र वर्ष २५ को केशव पुनलाइ प्रहरी पक्राउ गरेको छ ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र घाइते पाटे बाघको उद्धार

२७ कार्तिक २०८०, सोमबार १३:०८
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका २ कर्मला नजिक पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट घाइते अवस्थामा फेला परेको पाटे बाघको उद्धार गरिएको छ । पछिल्लो भाग र पछाडिका खुट्टा समेत टेक्न नसक्ने घिस्रिएर मात्रै घाइते अवस्थामा रहेको पोथी पाटे बाघ रेखदेख लगायत उपचारका लागि उद्धार गरिएको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत […]