बर्दिया राष्ट्रिय निकुञ्ज भित्र घाइते पाटे बाघको उद्धार

सदरलाइन संवाददाता २७ कार्तिक २०८०, सोमबार १३:१५
 

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका २ कर्मला नजिक पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट घाइते अवस्थामा फेला परेको पाटे बाघको उद्धार गरिएको छ ।

पछिल्लो भाग र पछाडिका खुट्टा समेत टेक्न नसक्ने घिस्रिएर मात्रै घाइते अवस्थामा रहेको पोथी पाटे बाघ रेखदेख लगायत उपचारका लागि उद्धार गरिएको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रि विनोद दाहालले जानकारी दिए ।

स्थानीयहरु निकुञ्ज भित्र घाँस दाउरा लिन जाने क्रममा देखेपछि निकुञ्जमा खबर गरेका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जको टोलीले खोजि गर्ने क्रममा निकुञ्ज भित्र घिस्रिदै हिँड्दै गरेको पोथी पाटे बाघलाई डार्ट अर्थात लठ्याउने सुइ हानेर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले बताए ।

झण्डै १३ वर्ष उमेर पुगेको पोथी पाटे बाघ सन् २०१३ को बाघ गणनाका क्रममा क्यामेरा ट्रयापिङ हुँदा परेवा ओडार क्षेत्रमा तस्बिर कैद भएको थियो ।


गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नामक पाटे बाघलाई राख्ने ठाउँ नभएपछि तत्कालका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पुरानो खोरमा राखिएको सहायक संरक्षण अधिकृत दाहालले बताए ।

निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटेबाघ मध्ये २ वटा रम्मापुर पोष्ट र ३ वटा बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वाराका खोरमा गरी ५ वटा पाटेबाघ राखिएका छन् ।

बर्दियामा नियन्त्रणमाा लिइएका बाघ राख्नका लागि उपयुक्त स्थान नभएपछि समस्या आउने गरेको छ ।

यस्तै निकुञ्ज किनारका गाउँबस्तीमा प्रवेश गरि पशु चौपायालाई आक्रमण गरि आतंक मच्चाउने एउटा चितुवालाई पनि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जको टोलीले नियन्त्रणमा लिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा डेढ लाखको प्लाष्टिकका माला जफत

२७ कार्तिक २०८०, सोमबार १३:१५
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज र कोहलपुरमा प्रहरीले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको छ । तर बजारमा खुला रुपमा प्लाष्टिकका माला बिक्री भइरहेको छ । प्लाष्टिकका माला बिक्रीमा रोक लगाइए पनि अटेरी गरेर बिक्री गरिरहेको पाइएपछि प्रहरीले विभिन्न ठाउँमा छापा मारेर डेढ लाख रुपैयाँभन्दा बढीको माला प्रहरीले जफत गरेको हो । […]