दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ५ जना पक्राउ

सदरलाइन संवाददाता २८ भाद्र २०७७, आईतवार १९:०२
 

 

नेपालगञ्ज : बाँके प्रहरीले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ५ जनालाई नियन्त्रणमा लिएर आईतबार साँझ सार्वजनिक गरेको छ ।

बाँकेका बैजनाथ गाउपालिका–१ मा रहेको डेनियल रेस्टुरेन्टमा मोलमोईको गरिरहेका बेला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाको कमाण्डमा खटिएको विषेश टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालय बाँकेले आईतबार पत्रकार सम्मेलन गरी सो घटनामा संलग्न रहेका ५ जनालाई बरामद छाला सहित सार्वजनिक गरेको छ । प्रहरीको प्रारम्भिक अनुसंधान अनुसार सो छाला जाजरकोटबाट ल्याईएको र ४० लाखमा मोलमोलाई हुँदै गर्दा उनीहरु प्रहरी नियन्त्रणमा परेका हुन ।

प्रहरीले सो छाला सहित जाजरकोट कुशे गाउपालिका– का ३२ वर्षिय कृष्ण वली, सोही ठाउँका २८ वर्षिय ईन्द्र बहादुर नेपाली, सुर्खे भेरी गंगा–को ३० वर्षिय जयबहादुर कामी, २५ वर्षिय गणेश विक, ३६ वर्षिय देवबहादुर बाँठालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुलाई निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६(क) बमोजिम १० लाखसम्म जरिवाना र ५ देखि १० वर्षसम्म कैद वा दुबै हुनसक्ने प्रावधान रहेको छ ।

 

Next Post

अपहरण भएको नाटक गर्ने एक महिला प्रक्राउ

२८ भाद्र २०७७, आईतवार १९:०२
नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले आफु अपहरण भएको झुठो अफवाह फैलाउने एक महिला प्रक्राउ गरेको छ । साधारण लेखपढ मात्र गरकी बर्दिया ठाकुरबाबा नगरपालिका–४ की ३३ वर्षिया आशिककुमारी चौधरीलाई नेपालगन्जको फुल्टेक्राबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन मार्फत प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी […]