घोराहीमा गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

सदरलाइन संवाददाता २६ कार्तिक २०८०, आईतवार १३:५७
 

नेपालगञ्ज : दाङको घोराहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–७ हर्नियाका जुगारु चौधरी रहेका छन् ।

उनी सशस्त्र प्रहरीमा कार्यरत थिए । चौधरी सामुदायिक बनमा पात टिप्न गएको समयमा छातीमा गोलि लागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनक मल्लले बताएका छन् ।


हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित प्रकाउ गरेको डीएसपी मल्लले जानकारी दिएका छन् । घटना बारे थप अनुसन्धान भैरहेको मल्लले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिहारको तेस्रो दिन सोमवार गाई पूजा

२६ कार्तिक २०८०, आईतवार १३:५७
नेपालगञ्ज : कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमवार गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य […]

सम्बन्धित