सदरलाइनडटकम,
काठमाण्डौ : संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सर्वसम्मतरुपले अनुमोदन गरेको छ । सिंहदरबारमा बिहीवार बसेको समितिको बैठकले घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको हो ।
अब राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई अख्तियार प्रमुखमा नियक्त गर्नेछिन् । संवैधानिक परिषदले गत भदौ २० गते घिमिरेलाई अख्तियार प्रमुखका लागि सिफारिस गरेको थियो । २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
