कोरोनाविरुद्ध सामुहिक पहल गर्ने प्रतिबद्धता

४ चैत्र २०७६, मंगलवार १७:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोरोना भाइरसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सजगताका बारेमा नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । चिकित्सकको सहभागितामा कोरोना भाइरसबिरुद्ध सजगता अपनाउन र सम्भावित कालोबजारी रोक्न दुई बुँदे सामूहिक प्रतिवद्धतासमेत व्यक्त गरिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा मंगलवार भएको कार्यक्रममा सहभागीहरुले कोरोना भाइरस नेपालमा भित्रिन नदिन जमुनाहा नाकालाई प्रभावकारी नियमन गर्न र स्वास्थ्य संस्थामा जनशक्ति एवं साधनस्रोत पर्याप्त मात्रामा राख्न सरोकारवाला निकायलाई दवाव दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा दैनिक उपभोग्य सामाग्रीको कालोबजारी भएको भन्ने जनगुनासो आइरहेको प्रति छलफल भएको थियो । कालोबजारी नगर्न अपील गर्दै त्यस्तो कार्य रोक्नका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने जोड दिइएको महासचिव चिरञ्जीवी ओलीले बताए ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद मोहमद याकुव अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, डा. खगेन्द्र जङ्ग शाह, जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य एवं उद्योगी, व्यवसायीको सहभागिता थियो । कार्यक्रममा सहभागिहरुलाई मास्क र स्यानिटाईजर वितरण गरिएको थियो ।

Next Post

नेपाल–भारत मैत्री बस सञ्चालनमा प्रतिबन्ध

४ चैत्र २०७६, मंगलवार १७:३६
सदरलाइनडटकम, नेपालगञ्ज : विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई दृष्टिगत गर्दै नेपालबाट भारत जाने लामो दूरीका सार्वजनिक यातायातका साधन बन्द गरिएको छ । कोरोना भाइरसका कारण भारतमा तीन जनाको मृत्यु हुनुका साथै विभिन्न स्थानमा संक्रमित व्यक्ति फेला परेपछि स्थानीय प्रशासनले नेपाल र भारतबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक यातायातका साधनमा […]

ताजा अपडेट