ठूलो परिमाणको चरेशसहित दुई महिला पक्राउ

५ फाल्गुन २०७५, आईतवार १७:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ठूलो परिमाणको लागुऔषधसहित दुई नेपाली महिला भारतीय सीमावर्ती बजार रुपईडिहामा पक्राउ परेकी छन् । भारतको हिमाञ्चल प्रदेश जान लागेकी दुबै महिलालाई ६ किलो ४ सय ग्राम चरेशसहित भारतीय एसएसबीले पक्राउ गरेको हो ।
रोल्पा थावाङ वडा नं. १ बस्ने ४८ वर्षीया मायादेवी र रुकुम कनक वडा नं. ६ बस्ने २८ वर्षीया सिरकुमारीलाई सशस्त्र सीमा बल र रुपईडिहा थानाको प्रहरी टोलीले रोडबेज स्टेशनबाट पक्राउ गरेको हो ।
नेपालगञ्जबाट भारत जान लागेकी दुबै महिलाको साथबाट बरामद गरिएको उक्त चरेश अन्तर्राष्ट्रीय बजारमा करीब ३ करोड मूल्य बराबर रहेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेकी दुबै महिलालाई चरेशसहित जिल्ला कारागार बहराईच पठाइएको रुपईडिहा थाना इञ्चार्ज मधुप नाथ मिश्रले बताएका छन् ।

Next Post

महिलालाई आत्मनिर्भर बनाउन तालिम दिँदै

५ फाल्गुन २०७५, आईतवार १७:५७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ का महिलालाई आत्मनिर्भर बनाईंदै छ । सिलाई कटाई तालिममार्फत उनीहरुलाई आत्मनिर्भर बनाउन लागिएको हो । दलित औद्योगिक विकास कार्यक्रम नेपालसँगको सहकार्यमा वडाले आईतवारदेखि सञ्चालन गरेको ३ महीने तालिममा विभिन्न टोलका १५ जनाको सहभागिता छ । वडाको लक्षित वर्ग कार्यक्रमअन्तर्गत दुई लाखको सहयोगमा […]