जाजरकोट नलगाड–३ टट्टाका भुकम्प पीडितलाई प्लानको राहत

रुद्र सुवेदी २३ कार्तिक २०८०, बिहीबार १३:०२
 

जाजरकोट : गत शुक्रबार राती जाजरकोटको बारेकोट गाउपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले घरबारबिहीन बनेका पाँच सय पीडितलाई लक्षित गरी प्लान इन्टरनेशनल नेपालले तात्काल सहयोग पुरयाउन सुरु गरेको छ ।

जाजरकोटमा गत शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका ३४ हजार ५ सय १ घरधुरीलाई प्रभावित बनाएको छ । प्लान ईन्टरनेशनल नेपालले विपद् प्रभावित बालबालिकाहरू र उनीहरूका परिवारको जीवन सुरक्षामा सहयोग गर्नका लागि जाजरकोट जिल्ला विपद व्यवस्थापन समिति मार्फत नलगाड नगरपालिकाको वडानं. ३ टट्टाका भुकम्प पीडितलाई गैर खाद्य राहत बितरण गर्न सुरु गरेको छ ।

प्लानले सो वडाका ५ सय परिवारको खुला आकाशमुनीको बासलाई ओत लाग्ने पालसहितको गैर खाद्य सामग्रीहरू वितरण गर्न सुरु गरेको हो । सो राहतमा नालगड नगरपालिकाका १ सय शिशुका लागि बालकिट (नवजात शिशुका लागि तातो लुगा) पनि आवश्यकता अनुसार बितरण गरेको छ ।

प्लान इन्टरनेशनल नेपालले प्रभावित क्षेत्रमा आफ्नो आपतकालीन प्रतिकार्य समूहका सदस्यहरूलाई पठाई स्थानीय सरकारसँगको सहकार्यमा राहत सामग्री वितरण गर्न सुरु गरेको प्लान इन्टरनेशनल नेपाललका राष्ट्रिय निर्देशक, राम किसनले जानकारी दिए ।

उनले भने–‘ यतिबेला हाम्रो मन जाजरकोट र रुकुमका भुकम्प प्रभावित समुदायसँग छ, र हामी ती प्रभावित समुदायलाई सकेसम्म धेरै सहयोग गरी जीवनलाई सामान्य अवस्थामा फर्काउन प्रयासरत छौ ।’

जाजरकोट नलगाड नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कौशीबहादुर विष्टले विपदको बेलामा खुला आकाशमुनी रात विताउन बाध्य वडावासीलाई चिसोबाट ओत लाग्ने पाल सहित पहिलो पटक प्रभावित क्षेत्रमै प्लान नेपालको टिम आईपुगेको बताए । उनले भने–‘ नलगाड–३ मा भुकम्प गएको छ दिन पछि प्लान नेपालले पाल, कम्मल पिफोम भाँडाकुडा र नवजात बालबाकिाको कपडा समेत लिएर आएको छ । आवश्यक सबै सामान बोकेर आफै प्रभावित ठाँउान आउने प्लान नेपाल पहिलो संस्था हो ।’ उनले आफ्नो वडाको भुकम्पछिको पुनस् निर्माणमा पनि सहकार्य गर्नको लागि प्लान नेपाललाई आग्रह पनि गरे ।


प्लान ईन्टरनेशनल नेपालका प्रत्याभूत सञ्चार संयोजक जनकराज गिरीले जाजरकोट नलगाड–३ का भुकम्प पीडितका लागि त्रीपाल २, कम्मल २, पिफोम २, नाईनल डोरी २०–२० मिटरको ५ पिस, १० लिटरको जर्किन १, खानापकाउने भाँडाकुँडा १ सेट र प्याकिङ्ग भोला गरी प्रति घरधुरी ६ हजार ५ सय २३ रुपैया ३५ पैसा बराबर र नवजात शिशु किट प्रति शिशु ३ हजार ५ सय १९ रुपैया ९५ पैसा बराबरको बितरण गरिएको जानकारी दिए ।

प्लानले नलगाड–३ का भुकम्प पीडितलाई गैर खाद्य राहत सामग्री उपलब्ध गराउनुको साथै राहत वितरण स्थलमा आएका किशोरीहरुलाई समेत मनो सामाजिक विमर्श गरिएको उनले बताए ।

प्लान ईन्टरनेशनल नेपालका आपत कालीन प्रतिकार्य समूहका सदस्यहरु स्थानीय सरकार तथा साझेदारी संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै अस्थायी आवास, सफा खानेपानी, खाद्य, संरक्षण, शिक्षा र स्वास्थ्य सेवा सम्बन्धी थप जानकारी जुटाउँदैछन । प्लान इन्टरनेशनल नेपालले बालबालिकाहरू र जोखिममा परेका समुदायको सुरक्षालाई प्राथमिकतामा राखेर विपद्पछि उहाँहरुको सुरक्षा सुनिश्चित गर्ने कुरामा पनि ध्यान दिनेछ ।

८० वर्षअघि स्थापित प्लान इन्टरनेशनल बालबालिकाहरुका क्षेत्रमा कामगर्दै आएको संसार कै सबैभन्दा पुरानो र ठूलो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु मध्ये एक हो । अफ्रिका, एशिया र अमेरिका महादेशका ७५ भन्दा बढी विकासशील देशहरुमा रहेका लाखौं बालबालिकालाई बाल गरिबीबाट मुक्त गर्न तथा बालअधिकार प्रवद्र्धनका लागि काम गर्दै आएको एक स्वतन्त्र संस्थाहो, जो कुनै पनि धार्मिक, राजनीतिक संस्थावा सरकारसंग आवद्ध छैन ।

सन १९७८ देखि नेपालमा सिमान्तकृत तथा जोखिममा रहेका बालबालिकालाई आफ्नोे स्वास्थ्य, शिक्षा, आर्थिक सुरक्षा र संरक्षणका अधिकार सुनिश्चित गर्न प्लान कार्यरत छ । स्वास्थ्य सेवा र सरसफाईको अवस्था कमजोर तथा अप्रर्याप्त रहेका सयौं समुदायहरुमा पनि हाम्रा कार्यक्रमहरु लक्षित छन् । यस्ता समुदायहरुमा रहेका बालबालिकाको जीवन थप जोखिममा रहेका हुन्छन् ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेन्ट्समा लेड (सिसा) को मापदण्ड प्रभावकारी ढंगले कार्यान्वयनमा जोड

२३ कार्तिक २०८०, बिहीबार १३:०२
नेपालगञ्ज : पेन्ट्समा लेड (सिसा) को मापदण्ड प्रभावकारी ढंगले कार्यान्वयनमा गर्ने विषयमा सरोकारवाला निकायका सबै पक्ष सहमत भएका छन् । जनस्वास्थ्य तथा बाताबरण प्रबन्धन केन्द्रले नेपालगञ्ज उपमहानगर तथा भेरी अस्पतालसंगको सहकार्यमा आयोजित पेन्टसमा लेड सिसा मापदण्डको प्रभावकारी कार्यन्वयन सम्बन्धी सरोकारवालाबीच कार्यशाला गोष्ठिका सहभागिले सो विषयमा सहमत भएका हुन । केन्द्रका […]