जमुनाले समात्यो छ जना गँजेडी

१८ श्रावण २०७३, मंगलवार १३:४८
 

s3 copyसदरलाइनडटकम
१८ साउन, नेपालगन्ज : बाँके प्रहरीले लागू औषध नियन्त्रणको लागि सीमा क्षेत्रमा खटाएको तालिम प्राप्त कुकुर ‘डग स्क्वाड’ले पहिलो दिनमा नै ६ जना गँजेडीलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।
जमुनाह नाकामा ‘डग स्क्वाड’ ले चेकजाँच गर्दा छ जनाको साथमा सेवन गर्नको लागि राखेको अवस्थामा ८ ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका ईन्चार्ज प्रहरी निरीक्षक विरबहादुर थापाले जानकारी दिए । उनले दिएको जानकारी अनुसार ‘डग स्क्वाड’बाट खटाईएको जमुना नामको कुकुरले सो गाँजा पत्ता लगाएको हो ।
यसैगरी प्रहरीले भन्सार चोरी निकासी गरेर नेपालगन्जमा भण्डारण गरी अन्य जिल्लामा पठाउन तयारी गरेको अवस्थामा प्रहरीले दुई ढुवानी सेवामा छापामारी ठूलो परिणाममा कपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रासद राईले नेपालगन्जको सुर्खेतरोड धम्बोझीमा रहेको यमन ढुवानी सेवा र न्यूराप्ती ढुवानी सेवामा छापामारेर विल र निश्सा नभएको कपडा नियन्त्रणमा लिएर अनुसंधन सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँदरले मकै खाइदिएपछि गाविसमा राहत माग !

१८ श्रावण २०७३, मंगलवार १३:४८
सदरलाइनडटकम १८ साउन, प्यूठान : प्यूठान ओखरकोटका एक किसानले बाँदरले दुःख दिएको भन्दै गाविसको कार्यालयमा राहत माग गर्दै निवेदन दिएका छन् । ओखरकोट–५ का अनन्तप्रसाद पोख्रेलले साउन १० गतेका दिन बाँदरको एक हुलले आफ्नो ३ रोपनीको मकैबाली नष्ट गरेकोे भन्दै राहतको माग गरेका हुन् । उनले अवस्थाको निरीक्षण गरी राहत […]