सदरलाइनडटकम,
दाङ : दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा करीब ६५ लाख रुपैयाँको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार शुक्रवार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ ।
विद्युत् शर्ट हुँदा आगलागी भएको हुनसक्ने आचार्यको अनुमान छ । लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो ।
