भूकम्पका तीन जना घाइतेलाई काठमाडौं रिफर

सदरलाइन संवाददाता २२ कार्तिक २०८०, बुधबार १६:०१
 

नेपालगञ्ज : भेरी अस्पताल, नेपालगञ्जले भूकम्पका तीन जना घाइतेलाई काठमाडौं रिफर गरेको छ । भूकम्पका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार जाजरकोट, पश्चिम रुकुम र सल्यानका एक÷एक जनालाई रिफर गरिएको हो ।

जाजरकोटका जुना विष्ट, पश्चिम रुकुमका धनसिंह रावल र सल्यानका मोहन विष्टलाई रिफर गरिएको छ । सबै घाइते १८ गते भेरीमा ल्याइएका थिए। तीनै जना विरामीमा किड्नीको समस्या देखिएको छ । उनीहरुलाई काठमाडौं टिचिङ अस्पतालमा पठाइएको छ ।


भेरीमा ५३ जना घाइते आएका थिए । त्यसमा तीन जना डिस्चार्ज भएका छन् । १० जना बिरामीको अप्रेसन गरिएको छ । सबैजसो खतरामुक्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोट नलगाड–३ टट्टाका भुकम्प पीडितलाई प्लानको राहत

२२ कार्तिक २०८०, बुधबार १६:०१
जाजरकोट : गत शुक्रबार राती जाजरकोटको बारेकोट गाउपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले घरबारबिहीन बनेका पाँच सय पीडितलाई लक्षित गरी प्लान इन्टरनेशनल नेपालले तात्काल सहयोग पुरयाउन सुरु गरेको छ । जाजरकोटमा गत शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका ३४ हजार ५ सय १ घरधुरीलाई प्रभावित बनाएको छ । प्लान ईन्टरनेशनल […]