डुडुवामा एम्बुलेन्स सेवा सञ्चालन

१० जेष्ठ २०७६, शुक्रबार १६:४२
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका प्रसुती महिला, बृद्ध, बालबालिका, गरिब असहाय तथा अति विपन्न परिवारलाई लक्षित गरि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार गाउँपालिकाअन्तर्गत अधिकाँश गाउँ टोल विकट तथा टाढा पर्ने भएकाले नजिकैको स्वास्थ्य संस्था तथा सुविधा सम्पन्न अस्पतालसम्म पुग्नका लागि एम्बुलेन्सले सहयोग गर्नेछ । गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स केहीदिन मै सेवा शुरु गर्ने गाउपालिकाले जनाएको छ । एम्बुलेन्सको अभावमा गाउँपालिकाको बाढी प्रभावित क्षेत्र होलिया बेतहानी र कम्दीका जटिल विरामीलाई सदरमुकामको अस्पतालसम्म पुग्नका लागि निकै समस्या छ ।
एम्बुलेन्स सेवा सञ्चालनपछि विशेष गरि प्रसुती महिलालाई बढी फाइदा पुग्ने महिला स्वयम्सेविकाहरु बताउँछन् । घरघरमा स्वास्थ्य सेवा अभियानअन्र्तगत गाउँपालिकाको वडा नं. २ र ५ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परीक्षण प्रयोगशालासँगै एम्बुलेन्स सेवाले थप सहयोग पुग्ने वडाध्यक्ष प्रशुराम बुढाथोकीले बताए । गाउँपालिकाले सञ्चालन गरेको अभियान अहिले प्रभावकारी बन्दै गएको सेवाग्राहीले बताएका छन् ।

Next Post

करोडौं भारतीय नक्कली नोटसहित ६ जना पक्राउ

१० जेष्ठ २०७६, शुक्रबार १६:४२
सदरलाइनडटकम, काठमाण्डौ : प्रहरीले करोडौंको भारतीय नक्कली नोटसहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट शुक्रवार पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाण्डौ आएको कतार एयरवेजको जहाजमा आएका तीन जना पाकिस्तानीबाट ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो । तीन पाकिस्तानी नागरिकसहित ६ जना पक्राउ परेका […]