काठमाण्डौ : भारतको कारागारमा ४० वर्ष थुनामा रहेका इलामको माई नगरपालिका–१० का दीपक जैसी (दुर्गाप्रसाद तिम्सिना) थुनामुक्त भएका छन् । उनी शनिबार दिउँसो थुनामुक्त भएका हुन् ।
पश्चिम बंगालको कोलकतास्थित दमदम सेन्ट्रल करेक्सनल होममा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका तिम्सिनालाई रिहाइ गर्न उच्च अदालत कोलकताको आदेशमा थुनामुक्त भएका हुन् । उच्च अदालतले उनलाई रिहाइ गर्न बुधबार आदेश दिएको थियो ।
अदालतको आदेश आएपछि भाइ प्रकाशचन्द्र तिम्सिना र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेत कोलकाता पुगेका थिए । दीपकलाई चन्द्रप्रकाशको जिम्मामा थुनामुक्त गरिएको हो । दीपकबारे उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई ६÷६ महिनामा जानकारी गराउनुपर्ने छ ।