योग समिति नेपालद्वारा धार्मिक पर्यटन प्रबर्धनमा जोड

सदरलाइन संवाददाता १४ कार्तिक २०७८, आईतवार १५:३३
 

नरैनापुर (बाँके) : योग समिति नेपालले नरैनापुरको गोर्बधन धाम धार्मिक पर्यटन प्रबर्धनमा जोड दिएको छ । नेपालगञ्जबाट पुगेको समितिको जम्वो टोलीले आन्तरिक धार्मिक पर्यटनका लागि गोर्बधन धाम उपयुक्त स्थल रहेकाले आवश्यक प्रचारप्रसारमा जोड दिएको हो ।

नरैनापुर गाउँपालिकादेखि उत्तर र राप्तीसोनारी गाउँपालिकादेखि दक्षिणमा रहेको उक्त धामको विकासका लागि पालिका अध्यक्ष इस्तियाक अहमद साहले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले योग समितिको टोलीलाई स्वागत गर्दै आफ्नो गाउँपालिकालाई आन्तरिक पर्यटिक क्षेत्रको रुपमा विकास गर्न दीर्घकालिन योजना बनाइरहेको उल्लेख गरे ।

हिन्दु धर्मानुसार श्रीकृष्ण भगवानले गोर्वधन प्रवत उठाइ रक्षा गरेको किमदन्ती अनुसार यहाँ प्रत्येक वर्ष तिहारको गोबर्धन पुजामा मेला लाग्ने लाग्ने गर्छ ।


धामको फेदीमा झरना छ । बरफानीबाबा र सन्तानेश्वर मन्दिरको बीचमा धाम रहेको छ । योग समितिले यसअघि सन्तानेश्वर मन्दिर पुगेर यहाँको पर्यटकीय प्रबर्धनमा जोड दिएको थियो ।

टोलीलाई नेपालगञ्जमा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले नरैनापुर यात्राको शुभारम्भ गराएका थिए । त्यसक्रममा उनले स्वस्थ जीवनका लागि योग महत्वपूर्ण भएकाले योगप्रति आफु सधैं प्रतिबद्ध रहेको बताएको योग समितिका अध्यक्ष गिरीराज शर्मा भट्टराईले जानकारी दिए । टोलीमा करिव ६० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना महामारीको कारण रोकिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारु

१४ कार्तिक २०७८, आईतवार १५:३३
  नेपालगञ्ज  : कोरोना संक्रमणको कारण दुई वर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बससेवा आईतवारबाट पुन सञ्चालनमा आएको छ । कोरोना संक्रमणको कहर क्रमश घट्दै गएकोले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा आइतवारदेखि पुनः शुरु हुने भएको हो । भेरी यातायात प्रालिले नेपाली नम्बरको […]

सम्बन्धित