मानवसेवा आश्रमको ज्ञान हस्तान्तरण कार्यक्रम रुपन्देहीमा हुने

सदरलाइन संवाददाता १९ श्रावण २०८०, शुक्रबार १५:०८
 

नेपालगञ्ज : मानवसेवा आश्रमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा १३ औँ ज्ञान हस्तान्तरण कार्यक्रम (राष्ट्रका लागि युवा) आयोजना गर्ने भएको छ ।

यही भाद्र ०५ देखि १३ गतेसम्म नौ दिने आवासीय ज्ञान हस्तान्तरण कार्यक्रम गर्न लागिएको आश्रमले जानकारी दिएको छ । यसपटक उक्त कार्यक्रम मानवसेवा आश्रमको शाखा कार्यालय रुपन्देही बुटवलमा हुनेछ ।

युवाहरुमा सकारात्मक सोच, सिर्जनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशिल र आत्मनिर्भर बनाउने उद्देश्यले ज्ञान हस्तान्तरण कार्यक्रम (राष्ट्रका लागि युवा) को आयोजना गर्न लागिएको हो । आफुलाई दृढ, आत्मविश्वासी, करुणावान, क्षमतावान बनाउन चाहने हर कोही कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

कार्यक्रममा भर्खरै कक्षा १२, स्नातक वा स्नातकोतर परीक्षा दिइ बसेकाहरुलाई प्रथामिकता दिइने छ । यसपटकको कार्यक्रममा १०१ जना सहभागी गराउने लक्ष्य राखिएको छ । यस कार्यक्रममा फारम भरेकाहरुको हकमा अन्य कार्यक्रमहरुमा पनि अवसर प्रदान गरिनेछ ।


कार्यक्रमका लागि रू १ हजार ५ सय ५ फारम शुल्क लाग्नेछ भने फारम मानवसेवा आश्रमको सातै प्रदेशमा रहेका शाखा कार्यालयहरू, मानवसेवा आश्रमको आधिकारिक वेबसाईट र फेसबुक पेजबाट पनि प्राप्त गर्न सकिनेछ । बाँके र बर्दियाका ईच्छुक सहभागीहरुले कार्यक्रमको फारम नेपालगञ्ज उपमहानगपालिका, आदर्शनगर सुर्खेतरोडमा रहेको मानवसेवा आश्रामबाट पनि प्राप्त गर्न सकिने छ । कार्यक्रमका सहभागिहरुका लागि खान, बस्नको प्रबन्ध आश्रमले नै गर्नेछ ।

योग, ध्यान, प्रणायम, क्षमता विकास, व्यत्तित्व विकास,नेतृत्व विकास, बोल्नेकला, तनाव व्यवस्थापन, मातृत्व र राष्ट्र प्रेम, जीवन जिउने कला जस्ता जीवनउपयोगी विषयहरुमा प्रशिक्षण हुने यस नौ दिवसिय ज्ञान हस्तान्तरण कार्यक्रम युवाहरुको जीवनरुपान्तरणका लागि कोसेढुङ्गा सावित हुनेछ ।

देश विदेशमा ख्यातिप्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने यस जीवनउपयोगी कार्यक्रममा कर्मद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल व्यक्तिहरुबाट प्रशिक्षण गराईनेछ । थप जानकारी मानवसेवा आश्रमको शाखा कार्यालय तथा तलको फोन वा ईमेलमार्फत लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषधसहित बर्दियामा चार जना पक्राउ

१९ श्रावण २०८०, शुक्रबार १५:०८
बर्दिया : प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । भारतको बलैगाउँ हुँदै आइरहेका उनीहरुलाई बढैयाताल गाउँपालिका—२ फुटाहामा शंका लागी जाँच गर्दा बिहीबार राति पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक कमल खत्रीका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका—९ का २३ वर्षीय […]