रेडक्रशकर्मीका लागि बाँकेमा तथ्यांङ्क व्यवस्थापन तालिम

२२ चैत्र २०७४, बिहीबार १७:२६
 

सदरलाइनडटकम 
२२ चैत, नेपालगन्ज : विपदको बेलामा उद्दारका तथा राहत पुराउनको लागि तथ्याङ्कले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति एवं राष्ट्रिय विपद् ब्यवस्थापन समितिका सदस्य गोवर्धन सिंह सम्झनाले विपद् ब्यवस्थापनका विभिन्न गतिबिधिहरुलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि तथ्याङ्कले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटीको आयोजनामा विहीवार नेपालगन्जमा संचाालन भइरहेको तथ्यांङ्क व्यवस्थापन तालिमको शुभारम्भ सत्रमा उनले सो कुरा व्यक्त गरेका हुन ।
उनले जिल्ला विपद् ब्यवस्थापन समितिसँगको सहकार्यमा जिल्ला आपत्कालीन कार्य सञ्ंचालन केन्द्रको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गरि रहेको बताए ।
उनले विगतमा विपद् पछि प्रभावित समुदायको सूचना संकलन गर्न निकै समस्या भएको अनुभव सुनाउदै आगामी दिनमा स्थानीय तहमा नै तथ्यांक संकलन गर्नसके विपद् प्रतिकार्यका गतिबिधिहरु द्रुत र प्रभावकारी रुपमा संचालन गर्न मद्दत पुग्ने दाबी गरे ।
कार्यक्रममा दार्चुला, बाँके, बर्दिया, दाङ्ग र कैलाली जिल्लाका जिल्ला प्रशासन कार्यालय÷जिल्ला विपद ब्यवस्थापन समिति, जिल्ला आपत्कालीन कार्यसंञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कर्मचारी÷स्वंयसेवकहरुको सहभागिता रहेको छ ।
तालिममा विपद् प्रभावितहरुको तथ्यांङ्क संकलन, विश्लेषण, व्यवस्थापन र प्रतिवेदनको सैद्धान्तिक ज्ञान र सीप विकासमा बढी जोड दिइएको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्रका मघु सुदन गौतम र धुव्र गौतमले प्रशिक्षणको सहजीकरण गरि रहेका छन् ।


Next Post

लक्षितवर्गको बजेट समानुपातिक ढंगले बितरण

२२ चैत्र २०७४, बिहीबार १७:२६
सदरलाइनडटकम २२ चैत, नेपालगन्ज :  खजुरा गाउँपालिकाले लक्षितवर्ग कार्यक्रमको बजेट समानुपातिक ढंगले वितरण गरेको जनाएको छ । ८ वटा वडा रहेको उक्त गाउँपालिकामा सबै वडामा एकरुपले लक्षित वर्गका लागि बजेट छुट्याइएको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए । गाउँपालिकाले विनियोजन गरेको लक्षित वर्ग कार्यक्रमको बजेट कार्यान्वयनसमेत शुरु भएको छ […]

सम्बन्धित