बर्दियाका महिलालाई सेक्युरेटि गार्ड तालिम

सदरलाइन संवाददाता ४ पुष २०७९, सोमबार ११:४८
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका युवा महिलालाई रोजगारमा लगाई उनिहरुको आर्थिक अवस्था सुधारका लागि सञ्चालन गरेको सिप विकास तालिम अन्तर्गत सेक्युरेटी गार्डको तालिम शुरु गरिएको छ ।

प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम शुरु गरिएको हो ।

बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्षका १२० जना युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि शुरु गरिएको कार्यक्रम अन्तर्गत १८ जना महिलालाई सेक्युरेटि गार्डको तालिम दिन शुरु गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

उनले महिलाको रोजाई अनुसार तालिम दिने कार्य भैरहेको जनाउँदै यो कार्यक्रमले धेरै महिलालाई स्वरोजगार बनाउने बताए ।


क्लबका अनुसार कम्प्युटर डिजाईनिंग, सेल्लपर्सन, टेलरिङ, बुटिक, ब्यूटी पार्लर, कृषि र पशुपालन तालिम यसअघिनै शुरु गरिसकिएको छ ।

३९० घण्टे सेक्युरेटि गार्डको तालिम कार्यक्रमको उदघाटन समारोह नेसनल मानस विकास विकास तालिम केन्द्रका निर्देशक राकेश रोशन धमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको उद्देश्यका बारेमा पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले सहभागिहरुलाई जानकारी गराएका थिए ।

क्लबले बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्षका १२० जना युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गरिरहेको छ ।

सो सीप विकास तालिम दिनका लागि प्रशिक्षक उपलब्ध गराउने जिम्मा नेशनल मानस विकास तालिम केन्द्र नेपालगञ्ज तथा बडीमालिका मल्टिप्रपोज प्रालि काठमाण्डौलाई दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साल्ट ट्रेडिङ धनगढी विरुद्ध अख्तियारमा मुद्दा

४ पुष २०७९, सोमबार ११:४८
धनगढी : साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी कार्यालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरी परेको छ । २०७७ असोजमा भारतबाट आयात गरेको ५० किलोको ३५ हजार ६ सय बोरा फ्री फ्लो नुन तथा १६ हजार ४० बोरा १ किलोमा प्याकेजिङ गरेर नुनको उपभोग्य मिति समाप्त भएको तर साल्ट ट्रेडिङले […]