नेपालगञ्ज : जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर ५.८ रेक्टरको परकम्प गएको छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा ५.८ रेक्टर स्केलको परकम्प गएको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले जानकारी दिए । उक्त पराकम्पको धक्का बाँके लगायत आसपासका जिल्लामा समेत महशुस गरिएको छ ।
उनका अनुसार यो जाजरकोट भूकम्पको सबैभन्दा ठूलो परकम्प हो । यसको धक्का काठमाडौं, दिल्लीसम्म महसुस गरिएको छ । यसअघि गत शुक्रबार राति ११ः४७ मा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । अहिलेसम्म जारकोट भूकम्पका परकम्प झन्डै चार सय पुगेका छन् ।