बर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट भाग्दैछ :  शंकर पोख्रेल

सदरलाइन संवाददाता १४ माघ २०७८, शुक्रबार १८:१५
 


नेपालगञ्ज  : नेकपा (एमाले) का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा शङ्कर पोखरेलले बर्तमान सत्ता गठबन्धनले स्थानीय  तहको निर्वाचन टार्न खोजेको आरोप लगाएका छन । उनले आवधिक निर्वाचन गर्दा प्रतिगमन हुने सोच पालेर बसेको बर्तमान सत्ता गठबन्धनले मुलुकमा आफु सत्तामा टिक्नको लागि अस्थिरता मात्रै निम्त्याउदै निर्वाचन टारेर अघि बढ्न खोजेको ठोकुवा गरे ।

बाँकेको खजुरा गाउपालिकाले तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत करिब एक करोड रुपियाँको लागतमा घरबास र जग्गाविहीन विपन्न परिवारका लागि निर्माण गरेको सामूहिक आवास शुक्रबार उद्घाटन गर्दै उनले सो ठोकुुवा गरेका हुन ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको दावी गर्दै भने–‘ वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर पार्ने षडयन्त्र गर्दै निर्वाचन टार्ने प्रयत्न गरि रहेको छ । बर्तमान पाँचदलीय गठबन्धन जनता माझ जान डराइ रहेको कारणले निर्वाचन धकेलिन खोजिएको हो ।’

उनले सत्ता भागबण्डा र अस्थिरताको कारण मुलुकको सबै क्षेत्र लथालिङ्गको अवस्थामा पुराएको आरोप लगाउदै बैंकहरुमा मौद्रीक तरलता देखिन थालेको, आयात बढेको, महंगी हद भन्दा बढी आकाशिएको साथै बैदेशिक मुद्रा संचित हुन नसकेको बताउदै जता हेर्दा पनि भद्रगोलै भद्रगोल भएको आरोप लगाए ।


उनले भने–‘वर्तमान गठबन्धन देश र जनताको पक्षमा नभई एमालेलाई सत्ताच्युत बनाउन मात्रै निर्माण भएको हो । विगतमा लुम्बिनी प्रदेश सरकार ७ जना मन्त्रीले नमुनाका रुपमा प्रदेश सरकार सञ्चालन गर्दै विकासको गति अघि बढाएका थियौ । तर अहिले मन्त्रीको सङ्ख्या १७ पुगे पनि जनताको काम सन्तोषजनक हुन सकेको छैन ।’

बाँकेको खजुरा गाउँपालिकाको वडानं. ३ को बि–बोरिङमा निर्माण गरिएको सामूहिक आवासमा १६ वटा घर निर्माण सम्पन्न भएर वितरण समेत गरि सकेको छ, भने ५ वटा घर निर्माणाधीन अवस्थामा छन् । निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आव्हान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत विपन्न ब्यक्तिहरु पहिचान गरी घर उलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति हुनेगरी आवास निर्माण गरिएको छ । सो कार्यक्रमको स्वागत गाउपालिकाका उपाध्यक्ष एकमाया विकले गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लानको सहयोगमा खजुराका महिला स्वयमसेविकाहरु कोरोना खोप लगाउन उत्प्रेरित गर्दै

१४ माघ २०७८, शुक्रबार १८:१५
नेपालगञ्ज :  प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्वारा संचालित कोभिड–१९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत बढ्दै गएको कोरोना नियन्त्रणका लागि खोप लगाउने कार्यलाई उत्प्रेरित गर्ने उदेश्यका साथ खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ । क्लबले सो परियोजना अन्तरगत खजुरा गाउँपालिका वडा न.१ र २ का महिला […]