खजुरा धार्मिक महोत्सवमा बढ्दै दाता

सदरलाइन संवाददाता १९ कार्तिक २०८०, आईतवार १३:२९
 

नेपालगञ्ज : सदिऔं पुरानो मन्दिरको प्रचारप्रसार र ब्यवस्थापनका लागि बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा बुधबारदेखि जारी धार्मिक महा–महोत्सवमा दाताहरुको दिनप्रतिदिन सहभागिता बढिरहेको छ ।

यहि २२ गतेसम्म चल्ने महोत्सवमा स्थानीय दाताको स्वतस्फुर्त सहभागिता देखिएको महोत्सव समितिका अध्यक्ष खड्गबहादुर वलीले जानकारी दिए ।


पुर्व वडा अध्यक्ष समेत रहेका स्थानीय देबबहादुर रोकायले एक लाख ५१ हजार रुपयाँ सहयोग गरेका छन् । यसैगरी बिरबहादुर बिसीले एकलाख ५ हजार एकसय, लक्ष्मीदेवी योगीले एकलाख सहयोग गरेका छन् ।

अध्यक्ष वलीका अनुसार करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज फर्किदै गरेका खत्री बाटोबाटै हराए

१९ कार्तिक २०८०, आईतवार १३:२९
नेपालगञ्ज : भारतबाट नेपालगञ्ज फर्किंदै गरेका दाङका गोपीराम खत्री जमुनाहा नाकाबाट बेपत्ता भएका छन् । दाङ बङ्गलाचुली गाउँपालिका –४ गहतेर निवासी ५४ वर्षीय खत्री दिल्लीबाट नेपालगन्ज हुँदै घर जाने क्रममा शुक्रबार अपरान्ह ३ देखि ४ बजेतिर नेपाल–भारत सीमा नाकाबाट बेपत्ता भएका हुन् । यहाँस्थित नेपाल–भारत सीमामा सुरक्षा जाँच गर्ने क्रममा […]