खोप लगाउन छुटेका बालबालिकालाई आइतवार लगाईंदै

सदरलाइन संवाददाता ३१ बैशाख २०८०, आईतवार १२:५२
 

नेपालगञ्ज : खोप लगाउन छुटेका र बिचैमा खोप लगाउन छोडेका बच्चालाई आइतवार नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाईंदैछ ।

‘खोज र खोप’ भन्ने अभियान सञ्चालन गरिएको नेपालगन्जमा ६ सय ९२ जनाले विचैमा खोप लगाउन छोडेको र १ सय ७७ जनाले कुनै पनि खोप नलगाएको पाइएको छ ।

खोप लगाउन छुटेका सबै बालबालिकालाई आइतवार खोप लगाउन लागिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।

नेपालगन्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्म खोप सञ्चालन गर्ने गरिन्छ । यो अभियानमा १३ वटा रोगविरुद्ध नौ प्रकारका खोप लगाइन्छ । सबै प्रकारका खोप लगाउन छुटेका बच्चालाई जसरी पनि खोपमा समेट्न उपमहानगरपालिका लागि परेको छ ।


नेपालगञ्जमा लक्षित जनसंख्या कभर हुने तर धेरै बालबालिका खोपमा छुट्ने गरेको पाइन्छ । खोप लगाउन छुटेका बालबालिकाबाट बेलाबेलामा महामारी देखा पर्ने गरेको छ ।

यसपाली घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएका तथ्यांक निकालिएपनि अझै धेरै बालबालिकालाई खोपमा समेट्न सकिएको छैन ।

जुन कुरालाई स्वास्थ्यकर्मीहरुले स्वीकार गरिरहेका छन् । मान्दै नमान्ने बच्चालाई हामीले कसरी खोप लगाउने ? स्वास्थ्यकर्मीको गुनासो रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा १४ लाख बढीको अवैध काठ बरामद

३१ बैशाख २०८०, आईतवार १२:५२
बर्दिया : बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ भग्रैयाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट प्रहरी निरीक्षक बखत बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोली तथा सब बन डिभिजन कार्यालय खाता बर्दियाका बन अधिकृत सन्तोष चौधरी समेतको टोलीले काठ बरामद गरेको हो । प्रहरी अनुसार, […]