घाइतेको उपचारका लागि स्थानीय तहले पठाए स्वास्थ्यकर्मी

सदरलाइन संवाददाता १८ कार्तिक २०८०, शनिबार १४:५०
 

नेपालगञ्ज : शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको प्रारम्भिक उपचारका लागि बाँकेका स्थानीय तहले औषधिसहित स्वास्थ्यकर्मीको टोली पठाएका छन् ।

खजुरा गाउँपालिकाले दुई लाख रुपैयाँको औषधिसहित स्वास्थ्य शाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा शनिबार बिहान टोली जाजरकोट पठाएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिए । अध्यक्ष विकले भने, ‘प्रभावितको ज्यान बचाउन स्वास्थ्यकर्मी पठाएका छौँ, अन्य सहयोग क्रमशः गर्नेछौँ ।’

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्धार तथा स्वास्थ्यकर्मीको टोली औषधिसहित पठाइएको बताए । घाइतेको ओसारपसारका लागि नेपालगन्ज उपमहानगरपालिकाले एम्बुलेन्स पनि उपलब्ध गराएको छ ।


यसैबिच जिल्ला बिपद व्यवस्थापन समितिको शनिबार बसेको बैठकले भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिलाई मध्यनजर गरी आवश्यक प्रतिकार्यका लागि सम्पूर्ण संयन्त्रलाई क्रियाशील राख्ने निर्णय गरेको छ ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगररपालिका, राप्तीसोनारी गाउँपालिका र खजुरा गाउँपालिका, नेपाल रेडक्रस सोसाइटीलगायतले स्वास्थ्यकर्मी तथा औषधि र अन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार नेपालगन्जको भेरी अस्पताललाई भूकम्पमा परेका घाइतेहरूको उपचारका लागि व्यवस्था मिलाइएको छ । शिक्षण अस्पताल र अन्य अस्पताल पनि तयारी अवस्थामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी पोखरेल सहितका सुरक्षा अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाकाभेरी अस्पतालमा कार्यरत अधिकांश चिकित्सक, स्वास्थ्यकर्मी सहितको टोली परिचालन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खोज, उद्धार, उपचार र राहतका लागि अनुरोध

१८ कार्तिक २०८०, शनिबार १४:५०
नेपालगञ्ज : जिल्ला विपद व्यवस्थापन समिति बाँकेले भूकम्प प्रभावितको तत्काल खोज, उद्धार, उपचार र राहतका लागि विभिन्न विषयमा निर्णय लिएको छ । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै जिल्लाबाट आवश्यक प्रतिकार्यका लागि सबै संयन्त्रलाई क्रियाशील बनाउने निर्णय समितिले गरेको हो । भूकम्पबाट प्रभावित क्षेत्रमा […]

सम्बन्धित