बाँकेमा १० महिनामा साढे ३४ हजार सवारी साधन कारबाहीमा

सदरलाइन संवाददाता ३१ जेष्ठ २०८०, बुधबार १४:५८
 

नेपालगञ्ज : बाँकेमा चालु आर्थिक बर्षको १० महिनामा ३४ हजार ५७५ वटा सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार ट्राफिक नियम उल्लघन गर्नेमा सबैभन्दा धेरै ट्रक र मोटरसाइकल देखिएका छन् । जसअनुसार सबैभन्दा धेरै ११ हजार ५६० ट्रक र ११ हजार १७१ मोटरसाइकल कारबाहीमा परेका छन् ।

त्यस्तै ६ हजार ४९३ जीपकार, २ हजार ५७६ बस, १ हजार ७७० ट्याक्टर र १ हजार ५ टेम्पो तथा अन्य सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक छ । कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक तिलक सुनारले ट्राफिक नियम विपरित सञ्चालन गरिएका सवारी साधन कारवाहीमा परेको जानकारी दिए ।


ट्राफिक प्रहरीले भने दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनामा जोड दिएसँगै कारबाहीमा पर्ने सवारी साधनको संख्या बढेको प्रहरी निरीक्षक सुनारले बताए । उनका अनुसार मापसे कारवाही, सिटवेल्ट नलगाएका, तीव्र गति, ओभरलोड, सडक लेनको नियम र अनुशासन विपरित गाडी चलाएका सवारी साधनलाई कारबाही गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्यु.आर.कोड प्रमाणीकरण सम्बन्धी तीन दिने तालिम सम्पन्न

३१ जेष्ठ २०८०, बुधबार १४:५८
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको कोभिड–१९ भ्याक्सिनको डिजिटाइजेशन तथा क्यु.आर.कोड प्रमाणीकरण सम्बन्धी तीन दिने तालिम बुधवार सकिएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा आयोजित तालिममा परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचनाबारे अपडेट गराइ प्रतिवेदनलाई सहज बनाउने उद्देश्यसहित तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए । कोहलपुर […]