नेपालगञ्जको एक मेडिकलमाथि कारबाही

सदरलाइन संवाददाता १४ चैत्र २०७८, सोमबार १५:३३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ स्थित मेडिकल कलेज नजिकै सञ्चालित एक औषधी पसललाई कारबाही गरिएको छ ।

बजार अनुगमनलाई तिब्रता दिँदै आएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले अनुचित ब्यापारिक क्रियाक्लाप गरेको भन्दै औषधी पसलालाई २० हजार जरिवाना गरेको हो ।


नेपालमा दर्ता नरहेको औषधि बेचबिखन गरेको र खरिद बिल नदेखाएको हुँदा तत्काल २० हजार रुपैयाँ जरिवाना गरिएको र थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया औषधि व्यवस्था विभाग नेपालगञ्जबाट अघि बढ्ने बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुहारीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१४ चैत्र २०७८, सोमबार १५:३३
बझाङ : बझाङमा बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुहारी बलात्कार गरेको उजुरी आएपछि ४२ वर्षका जेठाजु पक्राउ परेका हुन्। २२ वर्षकी बुहारीलाई बलात्कार आरोपमा पक्राउ परेका जेठाजुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महिलालाई स्वास्थ्य परीक्षणपछि सुरक्षित घरमा राखिएको बझाङका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।