टिकट विक्रीको २५ प्रतिशत रकम भूकम्प पीडितलाई

सदरलाइन संवाददाता १८ कार्तिक २०८०, शनिबार १४:३६
 

नेपालगञ्ज : गत बुधबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन आएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ को शनिबार हुने खेलमा टिकट विक्रीबाट आउने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितलाई प्रदान गरिनेभएको छ ।

टिकट विक्रीबाट उठ्ने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितका लागि सहयोगस्वरुप प्रदान गरिने आयोजक कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिए ।


मुख्यमन्त्री गोल्डकप अन्तर्गत शनिवार नेपाल आर्मी र बि.एफ.सी. चितवनबीच प्रतिष्पर्धा हुँदैछ । आयोजकले भूकम्पमा परी ज्यान गुमाउने सबै नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । साथै घाइते सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घाइतेको उपचारका लागि स्थानीय तहले पठाए स्वास्थ्यकर्मी

१८ कार्तिक २०८०, शनिबार १४:३६
नेपालगञ्ज : शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको प्रारम्भिक उपचारका लागि बाँकेका स्थानीय तहले औषधिसहित स्वास्थ्यकर्मीको टोली पठाएका छन् । खजुरा गाउँपालिकाले दुई लाख रुपैयाँको औषधिसहित स्वास्थ्य शाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा शनिबार बिहान टोली जाजरकोट पठाएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिए । अध्यक्ष विकले […]

सम्बन्धित