लागूऔषधसहित बाँकमा एक जना पक्राउ

सदरलाइन संवाददाता २६ श्रावण २०८०, शुक्रबार १३:५९
 

नेपालगञ्ज : कोहलपुर नगरपालिका–११ स्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कार्यालय परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ किरणनाला बस्ने ३२ वर्षीय रेशम जैसी रहेका छन् । उनलाई ५ सय २० मिलिग्राम ब्राउनसुगर र नगद ५ हजार १ सय १० रूपैयाँसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।


डिएसपी तिवारीका अनुसार, विशेष सूचनाको आधारमा उक्त परिसरभित्र पार्किङ गरी राखेको भे.१ च १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक जैसीलाई एम्बुलेन्ससहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा गोरुले हान्दा एक महिलाको मृत्यु

२६ श्रावण २०८०, शुक्रबार १३:५९
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका—४ बरपट्टामा गोरुले हिर्काउँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको छ । स्थानीय राम गोपाल थारुले चराउँदै गरेको गोरुले हान्दा स्थानीय ६४ वर्षीया बुधनी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । गोरुले हान्दा उनको छाती र पेटमा गम्भीर चोटले मृत्यु भएको […]