परिवार नियोजन संघको आयोजनामा अपाङ्गता भएका महिला लक्षित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सदरलाइन संवाददाता १७ कार्तिक २०८०, शुक्रबार १८:५१
 

नेपालगञ्ज :  नेपाल परिवार नियोजन संघ बाँकेको आयोजना तथा भेस्टोलिटोको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्यको सुनिश्चित गर्ने उद्देश्यले यौन तथा प्रजनन स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था सुनिश्चित गर्ने उद्देश्यले उनीहरुका लागि बाँकेका विभिन्न वडाहरुमा नेपाल परिवार नियोजन संघ बाँकेको आयोजना तथा भेस्टोलिटोको आर्थिक सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

संघको बाँके शाखा प्रबन्धक रश्मी श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी शिविर आयोजना गरिए पनि शिविरमा आउने सबैलाई सेवा प्रवाह गरिएको जानकारी दिईन । उनले शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच, परिवार नियोजनको लागि ईम्प्लान्ट राख्ने, तथा परिवार नियोजनका साधनका बारेमा जानकारी दिने लगायतका कामहरु गरिरहेको बताईन ।

उनले भनिन–‘ अपाङ्गता भएका महिलाको यौन तथा प्रजनन अधिकारको सुनिश्चिता गर्ने उद्देश्यले संघले भेस्टोलिटोको आर्थिक सहयोगमा शिविर सञ्चालन गर्दै आएको छ । यहाँ अपाङ्गता भनिए पनि सबैलाई निशुल्क स्वास्थ्य परिक्षण गर्ने गरिएको छ ।’

शिविरमा भेरी अस्पताल नेपालगञ्जका स्त्रीरोग विषेशज्ञ डा कृतिपाल सुवेदीको टिमले बिरामीको जाँच गर्दै आएका छन् । उनले शिविरमा आउने महिलाहरु मध्ये अधिकाँश अस्पताल तथा चिकत्सिक काहाँ चेकजाँच गर्न नगएको पाईएको बताउदै यस्तो शिविरले भविश्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सरबाट समेत जोगाउन सक्ने बताए ।


उनले शिविरमा आउने सेवाग्राहीको समस्या शिविरबाट हल हुन नसके भेरी अस्पतालमा रिफर गरिएको र उनीहरुलाई भविष्यमा हुनसने विभिन्न खालका जटिलताबाट जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल परिवार नियोजन संघ बाँकेको आयोजना तथा भेस्टोलिटोको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्यको सुनिश्चित गर्ने उद्देश्यले हालसम्म ५ वटा शिविर सञ्चालन गरि सकेको छ ।

यस्ता शिविरबाट ३ सय ७२ ले सेवा लिएका छन भने ५१ जनाको पाठेघरको मुखको क्यान्सरको जाँच गरेको छ । सबै नतिजा नेगेटिभ आएको संघले जनाएको छ । भने ३ जनाले परिवार नियोजनको अस्थाई साधन ईम्प्लान्ट प्रयोग गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुकम्पका घाइतेको उपचारको लागि भेरी अस्पताल नेपालगञ्ज डेलिकेटेड अस्पताल

१७ कार्तिक २०८०, शुक्रबार १८:५१
नेपालगञ्ज : शुक्रबार राती जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका घाइते भएकोको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जलाई तयारी अवस्थामा राखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भुकम्पमा परेका गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनले शनिबार बिहान ३ः२१ बजे बाटै तयारी थालेको जानकारी दिए । उनले भेरी अस्पताल नेपालगञ्जलाई भुकम्पका […]