बाँकेमा कोरोना संक्रमणको अवस्था ओरालो लाग्दै

सदरलाइन संवाददाता १ श्रावण २०७८, शुक्रबार १६:१५
 


नेपालगञ्ज : कोरोनाको तेस्रो भेरियन्टको तयारी कै अवस्थामा बाँकेमा सञ्चालनमा ल्याईएका कोभिड बिशेष अस्पतालमा कोभिड–१९ का संक्रमितको संख्या क्रमिक रुपले घट्दो क्रममा रहेको पाईएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोभिड अस्पताल समन्वय फोकल पर्शन नरेशबाबु श्रेष्ठले २०७७ चैत्र २५ गतेपछि २८ जनाबाट उकालो लागेको कोभिड–१९ दोस्रो भेरिएन्टबाट संक्रमितको संख्या २०७८ बैशाख २५ गते सबै भन्दा उच्च ४ सय ६६ जना पुगेकोमा साउन १ गते घटेर २५ जनामा झरेको जानकारी दिए ।

उनले बाँकेमा कोरोना परिक्षणको लागि सञ्चालनमा रहेका ३ वटा पिसिआर ल्याबमा आसार महिनामा कोभिड शंकास्पद ४ हजार २ सय ९५ बिरामीको पिसिआर परिक्षण गरिएकामा ७ सय ३८ जनामा संक्रमण देखिएको बताए । यो प्रतिशतको आधारमा हेर्दा १७.१ प्रतिशत हो ।


संभावित तेस्रो भेरिएन्टको लागि लक्षित उमेरका हिसावले यो अवधीमा १८ बर्ष मुनिका ३ सय ९७ जनाको परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको पाईएको छ । प्रतिशतको आधारमा ४.३ मात्र पोजेटिभ रहेकोे अर्थात संक्रमित भएको पाईएको हो ।

कोरोना संक्रमणको कारण बाँकेमा ३ सय ११ ले ज्यान गुमाएका छन भने बाँकेमा उपचारको क्रममा रहेका अन्य जिल्लाका ३ सय ७२ गरी ६ सय ८३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ६० वर्ष पुगेका स्वयमसेविकाको विदाई

१ श्रावण २०७८, शुक्रबार १६:१५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान सहित विदाई गरेको छ । शुक्रबार मेयर डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी र स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जनही नगद ५० हजारसहित सम्मानपत्रबाट सम्मानित गरे । ६० वर्ष पुरा भएका महिला […]