पेस्तोल र चोरीको मोटरसाइकलसहित पाँचजना पक्राउ

सदरलाइन संवाददाता २९ श्रावण २०७८, शुक्रबार १३:३९
 

पर्सा : पर्साबाट अवैध पेस्तोल र चोरीका मोटरसाइकलसहित पाँचजनालाई पक्राउ परेको छ । वीरगन्ज महानगरपालिका–३० लालपर्सा प्रसोतिपुरका २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेललाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनीहरुको साथबाट बा ४२ प ५२६३, ना १६ प ३३६७, ना १४ प ८४ र ग १ प ७६९४ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ चोरीका मोटरसाइकल बिक्री गर्न लागेका सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब निरीक्षक खनालले बताए। मोटरसाइकल आकाशको घर अगाडि लुकाएर राखिएको अवस्थामा भेटिएको उनको भनाइ छ ।


यस्तै, बिहीबार साँझ वीरगन्ज–१५ ब्रम्हचोकस्थित एक होटलबाट अवैध पेस्तोलसहित वीरगन्ज–१२ का ३५ वर्षीय अनिल साह, पकाहामैनपुर गाउँपालिका–७ का ४० वर्षीय विजयकुमार पटेल र धरान नगरपालिका–१५ सुनसरीका ३२ वर्षीय रवि पौडेललाई नियन्त्रणमा लिइएको छ ।

पेस्तोल किनबेच गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा भालुलाई गोली हानेर मारियो

२९ श्रावण २०७८, शुक्रबार १३:३९
जुम्ला : बजार पसेर मानिसलाई आक्रमण गर्ने भालुलाई गोली हानी मारिएको छ । बजार पसेको भालुलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोलीले प्रयास गरेको थियो । नियन्त्रणमा लिन नसकिएपछि गोली हानेर मारिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन् । जुम्लाको सदरमुकाम खलंगा […]