विशिष्टिकृत बन्दै शिक्षण अस्पताल कोहलपुर

सदरलाइन संवाददाता १७ कार्तिक २०८०, शुक्रबार १३:५१
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले अस्पतालको सेवालाई विशिष्टिकृत बनाउँदै लगेको जनाएको छ । शुक्रवार कोहलपुरका पत्रकारहरुसँग भेटघाट कार्यक्रमको आयोजना गर्दै अस्पतालले पूर्वाधार अभावका बीच पनि अस्पतालको सेवालाई विशिष्टिकृत बनाउँदै लगिएको जनाएको छ ।

अस्पताल प्रमुख डा.रेशम बहादुर रानाले दक्ष जनशक्ति र पर्याप्त उपकरणकाबीच अस्पतालले विशिष्टिकृत सेवा थप्दै लगेको बताए । उनले न्यूरो सर्जरी, अंकलोजी, हेमोडायलाइसिस, यूरो लगायतका विशिष्टिकृत सेवाहरु अस्पतालबाट प्रवाह भइरहेको जानकारी दिए । कार्डियोलोजी, नेफ्रोलोजी, इन्डोक्राइनोलोजिष्ट लगायतका सेवाहरुलाई थप्दै शिक्षण अस्पताल कोहलपुरलाई थप विशिष्टिकृत अस्पतालका रुपमा विकास गर्ने लक्ष्यका साथ आफुहरु लागि परेको डा.रानाको भनाइ छ ।


उनले नेपालगञ्ज मेडिकल कलेज टर्सरी लेभलको (केन्द्रीय अस्पताल)का रुपमा रहेको उल्लेख गरे । ‘यो अस्पतालले सबै क्षेत्र भुगोलका बिरामीहरुलाई सेवा प्रवाह गरेको छ उनले भने–‘क्रिटिकल केयरका हिसावले यसले टर्सरी लेभलकै सेवा प्रवाह गरेको छ ।’ अस्पतालले विश्वसनीय, गुणस्तरीय र बिरामीमैत्री सेवा प्रवाह गरिहेको पनि उनले उल्लेख गरे ।

पत्रकार भेटघाट कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. सुनिल कुमार सिंह, अस्पतालका उपनिर्देशक डा.दिनेश श्रेष्ठ, प्रशासन शाखा प्रमुख विष्णु पोख्रेल, नर्सिङ प्रमुख ललिता शर्मा, प्रशासन शाखा अधिकृत सञ्जय कुमार पन्त, कुश्माखर बस्याल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक दुर्घटना न्यूनिकरणमा सहयोगी बन्दै ‘टाइम कार्ड’

१७ कार्तिक २०८०, शुक्रबार १३:५१
नेपालगञ्ज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लागू गरिएपछि सडक दुर्घटना न्यूनिकरण भएको छ । बाँके राष्ट्रिय निकुञ्जको शमशेरगञ्जदेखि जिरोसम्म १५ किलोमिटर सडकमा टाइम कार्ड लागू भएपछि सडक दुर्घटना न्यूनिकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले बताए । उक्त १५ किलोमिटर सडक […]